मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पूर्वयुवराज पारस शाह नर्भिक अस्पताल भर्ना

काठमाडौँ – पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । शाह आइतबार बेलुकी काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन्।

अस्पताल स्रोतले पारस आइतबार साँझ अस्पताल भर्ना भएको र अहिले उपचार जारी रहेको जानकारी दिएको छ । पारसलाई मुटुसम्बन्धी समस्या देखिएको बुझिएको छ ।

पारसलाई यसअघि विभिन्न समयमा गरी यसअघि तीन पटक हृदयाघात भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?