काठमाडौँ – अमेरिकाको लस एन्जलसमा ओस्कर अवार्ड समारोहमा फिल्म ‘अनोरा’ ले आफ्नो दबदबा कायम गरेको छ । यौनकर्मीको कथामा आधारित फिल्म ‘अनोरा’ ले उत्कृष्ट चलचित्रको अवार्ड सहित पाँच विधामा ओस्कार अवार्ड जितेको छ ।
फिल्मकी अभिनेत्री मिकी म्याडिसनले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छिन्। यस फिल्मका लागि शन बेकरले उत्कृष्ट निर्देशकको पुरस्कार पाए। यो फिल्मले उत्कृष्ट सम्पादनको अवार्ड पनि पाएको छ ।
अभिनेत्री म्याडिसनले अनोराको लागि ओस्कार जितेपछि हलिवुडमा परिवर्तनको सुरुवात गर्ने बताएकी छन् । उनले सम्पूर्ण यौनकर्मीहरुलाई आफ्नो अवार्ड समर्पित गर्दै यौनकर्मीहरूलाई आफ्नै क्षेत्रमा काम गर्ने कामदारको रूपमा सम्मान हुनुपर्ने बताएकी छन् ।
त्यस्तै उत्कृस्ट निर्देशकको अवार्ड जितेपछि शन बेकरलेले ‘साँच्चै स्वतन्त्र फिल्म’ बनाएको प्रतिक्रिया दिएका छन् । साथै उनले यस फिल्मलाई मान्यता दिएकोमा एकेडेमीलाई धन्यवाद दिएका छन् ।
फिल्मले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेत्री, मौलिक पटकथा र सम्पादन गरी कुल पाँच अवार्ड जितेको छ । यस वर्षको ओस्कारमा, फिल्म द ब्रुटालिस्टले पनि तीन विधामा ओस्कार पुरस्कार प्राप्त गरेको छ भने फिल्म विक्डले दुई, एमिलिया पेरेजले दुई र ड्युन: पार्ट टुले दुई विधामा ओस्कार पुरस्कार प्राप्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया