मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शरीरमा पानीकाे मात्रा कम भयाे भने के हुन्छ?

काठमाडौँ। हाम्रो शरीरको दुई तिहाइ तौल पानीले भरिएको हुन्छ । पानीले नै शरीरमा पोषक तत्त्व र फ्याँक्नुपर्ने वस्तु एक ठाउँबाट अर्को ठाउँमा ओसारपोसार गर्छ । शरीरको तापक्रम स्थिर राख्छ ।

शरीरमा पानीको मात्राको कमी हुँदा विभिन्न असरहरू देखा पर्छन् । झन् चिसो मौसममा हामी पानी पिउन कम गर्छौं । यसले पनि समस्या निम्त्याउँछ ।

१. थकान
पानीले शरीरलाई उर्जा दिन्छ। डिहाइड्रेसनका कारण इन्जाइममा असर पर्छ, जसबाट शरीको सबै प्रक्रियामा असर पर्छ। पानी कम हुने कारण थकान र सुस्तता महसुस हुन्छ। शरीरमा उर्जा नहुँदा मानिस शारीरिक रुपमा सक्रिय हुन सक्दैनन्।

२.शारीरिक क्षमतामा कमी

शरीरमा पानीको मात्रा कम हुनासाथ तपाईंको शारीरिक क्षमतामा कमी आउँछ । शरीरमा पानीको मात्रा केवल २ प्रतिशत कम हुँदा मात्रै शरीरको क्षमता १० प्रतिशतले घट्छ ।

३.सुक्खा छाला

छालालाई स्वस्थ, तन्दुरूस्त र चमकदार राख्नका लागि प्रशस्त पानी पिउनु एकदमै जरूरी हुन्छ । यति मात्रै होइन, छालाबाट पानी बाहिर जान नदिन छालामा मोइस्चराइजरको प्रयोग गर्नु पनि उत्तिकै जरूरी हुन्छ ।

४.पिसाब गाढा पहेंलो रङको र मात्रा कम हुनु

यदि पिसाब गाढा पहेंलो रङको छ र पिसाबको मात्रा कम छ भने यसले शरीरमा पानी कम भएको बुझाउँछ । किनकि शरीरमा पानी कम छ भने मिर्गौलाले आफ्नो कार्यलाई कायम राख्न शरीरमा भएको तरल पदार्थ  सकेसम्म आफैं राख्छ । जसकारण रङ अत्याधिक पहेंलो र मात्रा कम हुन्छ ।

५.टाउको दुखाइ

चिकित्सकहरूका अनुसार पानीको मात्रा शरीरमा कम हुँदा सेरोटोनिनको मात्रा परिवर्तन हुन्छ । जसले टाउको दुख्ने गर्छ । त्यसैले अब जबजब टाउको दुख्छ, एकरदुई गिलास पानी पिउनुस्, सम्भवत टाउको दुखाइ हराएर जान्छ ।

६.आँखा धमिलो हुने र तिर्मिराउने

पानीको मात्रा कम हुँदा मासंपेशीमा मात्र नभई मस्तिस्कमा पनि रक्तसञ्चार कम हुन्छ । जसले गर्दा आँखाको दृष्टि धमिलो हुने तथा तिर्मिराउने तथा काम गर्ने क्षमतामा ह्रास आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?