काठमाडौँ – भारतको उत्तराखण्डको चमोलीमा हिमपहिरोमा फसेका मानिसहरूलाई उद्धार गर्ने कार्य तेस्रो दिन पनि जारी रहेको छ ।
उत्तराखण्डको चमोली जिल्लामा हिमनदी फुटेपछि ५५ जना हिउँमा फसेका थिए । जसमा ५० जनालाई बाहिर निकालिएको छ, जसमा चार जनाको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
अझै बेपत्ता रहेका पाँच जनाको उद्धार गर्न खोजी अभियान चलाइएको छ, जसको नेतृत्व सेनाको ब्रिगेडले गरिरहेको बताइएको छ ।
सेनाले अझै पनि बेपत्ता पाँच जनालाई खोज्न अभियान चलाइरहेका छन् । उद्धार कार्यको अनुगमन गर्न वरिष्ठ सेना अधिकारीहरू दुर्घटना स्थलमा पुगेका छन् ।
समाचार एजेन्सी एएनआईका अनुसार बाँकी कामदारहरू पत्ता लगाउन थर्मल इमेज क्यामेराहरू प्रयोग गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया