मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अन्ततः दृश्यमः३ पनि बन्ने भयो, अभिनेता मोहनलालले गरे घोषणा

काठमाडौँ – अन्ततः दृश्यमः३ बन्ने भएको छ । महिनौंको अनुमानको बीचमा सुपरस्टार मोहनलालले आधिकारिक रूपमा क्राइम सस्पेन्स थ्रिलर फ्रान्चाइजी दृश्यमको तेस्रो सिक्वेल बन्न लागेको जनाएका छन् ।

तेस्रो सिक्वेलका लागि जितु जोसेफले पटकथा लेखिसकेका छन भने आशिर्वाद सिनेमासले निर्माण गर्न लागेको हाे।

सन २०२१ मा दृश्यमः २ रिलिज भएदेखि नै फ्यानहरू दृश्यमः ३ को लागि उत्सुकताका साथ पर्खिरहेका थिए । फिल्मको हिन्दी रिमेकको ब्लकबस्टर सफलताले अर्को किस्ताको बारेमा प्रचार र खोजी बढाएको थियो, जुन अब पुष्टि नै भइसकेको छ ।

अभिनेता माेहनलालले ट्विटर (एक्स) मा दृष्यमः ३ को अन्ततः निर्माण हुने भन्दै लेखेका छन, ‘द पास्ट नेभर स्टेज साइलेन्ट।’

दृष्यमः ३ लाई मलयालम र हिन्दी भाषामा एकैसाथ सम्बन्धित कलाकार र क्रु मेम्बरलाई लिएर बनाइने रिपोर्ट आएको छ । तर, यसबारेमा कुनै आधिकारिक धारणा आएको छैन । आगामी फिल्म फ्रेन्चाइजको अन्तिम फिल्म हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?