मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बबरमहलमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मतको काम सुरु

काठमाडौँ – बबरमहलको मुख्य सडकमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मतको काम सुरु भएको छ । बुधबार दिउँसो विद्युत प्राधिकरणले तार भूमिगत गर्ने काम अघि बढाउँदा खानेपानीको पाइप फुटेर बबरमहल क्षेत्र जलमग्न भएको थियो ।

विद्युत प्राधिकरणले विद्युतका तारहरु अण्डरग्राउण्ड गर्न ठाडो रुपमा खन्‍ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको पाइप फुटेको थियो । मेलम्ची खानेपानीले ९० सेन्टिमिटर गहिराइमा २० इन्टको पाइप गाडेको छ ।

विद्युत प्राधिकरणले मन्त्रालय तथा मातहतका निकायसँग समन्वय नगरेका कारण बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुटेर क्षति भएको खानेपानीमन्त्री प्रदीप यादवको भनाइ छ । उनले बुधबार नै बबरमहल क्षेत्रको निरीक्षण गरेर मर्मत गर्न निर्देशन दिएका थिए ।

काठमाडौं उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय ९पिआइडी० का प्रोजेक्ट डाइरेक्टर टीका चौधरीले विद्युत् प्राधिकरणको असावधानीपूर्ण कामले खानेपानीको पाइपमा ठुलो क्षति पुगेको बताए । उनका अनुसार करिब चार घण्टासम्म पानी बग्दा ४० लाख लिटर पानी खेर गएको छ र पाइप फुट्दा ४० लाखबराबर क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?