हामीमध्ये धेरैको जीवनसाथी या पति पत्नीसँग कुनै पनि कुरा वा विषयमा विवाद वा झगडा सामान्य कुरा हो । कतिपयले यसलाई नराम्रो रूपमा लिए पनि एक अध्ययनका अनुसार पतिपत्नी या जीवनसाथीबिचको झगडाले सम्बन्धलाई थप मजबुत बनाउन सहयोग गर्छ ।
एक नयाँ अध्ययनले जीवनसाथीसँगको केही विषय वा कुरामा भएको झगडा वा वादविवादले सम्बन्ध थप मजबुत बनाउने छ ।
१ हजार मानिसमा गरेको अध्ययन अनुसन्धानका क्रममा पत्ता लागेको तथ्य अनुसार जुन जोडी कुनै कुरामा आफ्नो साथीसँग झगडा गर्छन् उनीहरू अन्य जोडीको तुलनामा १० गुणा धेरै खुसी रहन्छन् । जो जीवनसाथीसँगको कुराकानी वा झगडापछि रिसाएर एक्लै बस्छन् उनीहरूको तुलनामा झगडा गर्नेहरुबीचको सम्बन्ध थप राम्रो हुन्छ ।
अध्ययनका मुख्य लेखक जोसेफ ग्रिनिका अनुसार केही जोडी केही महत्त्वपूर्ण र संवेदनशील कुरामा आफ्ना साथीसँग झगडा गर्नबाट टाढा भाग्छन् । उनीहरूलाई लाग्छ कि यस्ता विषयमा विवाद गर्दा जीवनसाथीसँगको सम्बन्ध टुट्न जान्छ ।
तर अध्ययनमा सहभागी भएका ५ मध्ये ४ मानिसले पार्टनरसँग सम्बन्ध खराब हुनुको खास कारण राम्रोसँग कुराकानी नहुनु हो । तर ग्रिनिले बताए अनुसार केही जोडीले आफ्नो भावनालाई ठिक रूपमा बुझ्न सक्दैनन् । उनीहरुलार्ई कुन स्थितिमा कस्तो खालको व्यवहार गर्न आवश्यक छ भन्ने हेक्का वा जानकारी नहुँदा समस्या उत्पन्न हुने गरेको छ । खराब सम्बन्धको सबै दोष साथी माथि लाइदिन्छन् जसका कारण समस्या थप जटिल बन्न जान्छ ।
यस अध्ययनबाट पत्ता लाग्छ कि आफ्नो भावनालाई आफ्नो साथीसँग शेयर गर्नु र केही कुरा नराम्रो लागेमा पार्टनरसँग झगडा गर्नाले सम्बन्ध कमजोर हुन्न बरु मजबुत हुन्छ । सिर्फ सम्बन्धमा विश्वास तथा प्यार आवश्यक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया