मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सलमान खानसँग सिकन्दरमा देखिँदैछिन् वरुण धवनकी भाञ्जी

मुम्बई– सलमान खानको आगामी फिल्म ‘सिकन्दर’ मा वरुण धवनकी भान्जी अञ्जिनी धवन पनि देखिने चर्चा लामो समयदेखि भइरहेको थियो ।

त्यसको औपचारिक घोषणा भने कतैवाट पनि भएको थिएन तर अहिले अन्जिनी आफैले यो फिल्मको हिस्सा भएको कुरा पुष्टि गरेकी छिन् । उनले सलमानसँग सिकिन्दर फिल्ममा काम गरेको कुरा गरेकी छिन् ।

हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै अन्जिनीले भनिन्, ‘फिल्मको टिजर रिलिज भएको छ, त्यसैले अब म यसबारे कुरा गर्न सक्छु ।’ उनले भनेकी छिन कि उनको व्यावसायिक जीवनमा सबै ठीकठाक चलिरहेको र सिकिन्दर फिल्मको सेटमा आफुलाई रमाइलो लागेको पनि बताएकी छिन् ।

उनले सुटिङ सेटलाई खुसीको ठाउँ भनेकी छिन् अर्थात् सो ठाउँमा पाउँदा आफू निकै खुसी महसुस भएको पनि साझा गरेकी छिन् ।

अन्जिनीले थप भनिन्, ‘म धेरै आभारी छु । जब म फिल्मको सेटमा पुग्छु, यो सपना हो कि होइन, म आफैलाई चिम्ट्छु । मेरो लागि हरेक दिन यस्तै हुन्छ।’

सलमानसँग काम गर्ने बारे उनले भनिन्, ‘म उहाँको ठूलो फ्यान हुँ र उहाँलाई नै हेरेर हुर्किएकी हुँ, मलाई उहाँको फिल्म मन पर्छ । खासमा ‘पार्टनर’ देखि ‘मुझसे शादी करोगी’ सम्म उनले र डेभिड सरले सँगै काम गरेका फिल्महरु ।’

अञ्जिनीले पनि आफूलाइ गारहो परेको बेला ‘पार्टनर’ हेर्ने गरेको र त्यसपछि ठिक भएकोसमेत बताइन् । अन्तमा उनले भने, ‘उहाँ (सलमान) सँग काम गर्नु सपना जिउनु जस्तै हो।’

सेप्टेम्बर २०२४ मा, ‘बिन्नी र परिवार’ नामक फिल्म रिलिज भयो, जसलाई संजय त्रिपाठीले निर्देशन गरेका थिए। यही फिल्मबाट अन्जिनीले बलिउडमा डेब्यु गरेकी हुन् । यस फिल्ममा पंकज कपुर, राजेश कुमारजस्ता स्टार पनि देखिएका थिए ।

‘सिकन्दर’ उनको करियरको दोस्रो फिल्म हो । तर, यो फिल्ममा उनको भूमिका के छ ? यसबारेमा अहिलेसम्म जानकारी आएको छैन । फिल्ममा सलमानको अपोजिटमा रश्मिका मन्डन्ना छिन् । यो फिल्म यस वर्षको इदको अवसरमा हलमा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?