मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सन्दिपले ल्याए कविता सङ्ग्रह ‘अपरावर्ती’

काठमाडौँ– वसन्त पञ्चमी तथा सरस्वती पुजाको अवसर पारेर लेखक तथा कवि सन्दिप बोहोरा क्षेत्रीले पहिलो कवितासङ्ग्रह ‘अपरावर्ती’ सार्वजनिक गरेका छन् । देव डी प्रोडक्सनले बजारमा ल्याएको कवितासङ्ग्रहमा कुल ८७ कविता सङ्ग्रहित छन् ।

कवि तथा लेखक क्षेत्रीले समाजमा देखेको र आफ्नो भोगाइलाई अक्षरमार्फत कवितामा उतारेको बताए ।

उनले भने,‘कवितामार्फत आफूसँगै अरुको अस्तित्व स्वीकार्नु पर्छ भन्ने मान्यतालाई व्यक्त गरेको छु । यहाँ आफैँमा हराइरहेकालाई अरुको विषयलाई जानकारी गराउने शब्दलाई कवितामा प्रयोग गरेको छु । यसमा किसान, समाजसबैको पक्षलाई समेटिएको छ ।’

उनले सन् २०१५ देखि नै कविता लेख्ने गरेता पनि पछिल्ला केहि वर्षमा देखेको समाज र भोगाईलाई कवितामा उतारेको बताए । उनले ‘अपरावर्ती’ को अर्थ हार नमान्ने व्यक्ति रहेको बताए ।

‘यो एउटा प्रयासरत व्यक्तिको भोगाइ हो । जसले हार नमानेर आफ्नो सपना साकार गर्न सङ्घर्ष गरिरहेको छ । यसलाई धेरैले रिलेट गर्नुहुन्छ भन्ने लागेको छ’, कवि क्षेत्रीले भने । ९२ पृष्ठ रहेको ’अपरावर्ती’ को बजार मुल्य ३ सय ९९ राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?