काठमाडौँ– के तपाईलाई पनि पिसाब पोल्ने समस्या छ ? छ भने बेवास्ता नगर्नुहोस् । पिसाब पोल्ने समस्याकै कारण विभिन्न स्वास्थ्य समस्या निम्तन सक्न चिकित्सक बताउँछन् । पिसाब पोल्ने समस्यो एउटा स्वास्थ्य समस्याको संकेत हो, जसले शरीरमा केही गडबडी भएको संकेत दिन्छ ।
कस्तो समस्या हो पिसाब पोल्ने समस्या ?
पिसाब पोल्नुलाई डिसुरिया भनिन्छ । यसका धेरै कारण हुन सक्छन् । मुत्र संक्रमण अर्थात् (यूटीआई) पिसाब पोल्नुका सबैभन्दा सामान्य कारण हो, जुन ब्याक्टेरियाले मुत्रनली, पिसाब थैली वा मिर्गौलामा संक्रमण गराउँदा हुन्छ । पुरुषभन्दा महिलामा यो समस्या बढी देखिन्छ । त्यस्तै, मुत्रनलीमा पत्थरी भएमा पनि पिसाब पोल्न सक्छ । अमिलो खानेकुरा खाँदा तथा पानी कम पिउँदा पनि यस्तो समस्या हुनसक्छ । यौन सम्पर्कबाट सर्ने रोगहरू पनि पिसाब पोल्न सक्ने प्रमुख कारणमध्ये पर्छ ।
पिसाब पोल्दा हुनसक्ने रोगहरूमध्ये मुत्रनली संक्रमण, यौनरोगहरू, मिर्गौलाको पत्थरी, प्रोस्टेटको समस्या (पुरुषमा) र महिलामा वजाइनल संक्रमण मुख्य हुन्। । यस्तो समस्या आएमा तुरुन्तै चिकित्सकसँग परामर्श लिनु आवश्यक हुन्छ ।
समस्या समाधान
धेरैजसो अवस्थामा, पर्याप्त पानी पिउनाले समस्या समाधान गर्न सकिन्छ । खानपानमा सुधार गरेर अमिलो खानेकुरा कम गर्नु पनि प्रभावकारी हुन्छ । प्राकृतिक उपायहरूमध्ये क्रानबेरी जुस वा नरिवल पानीले पनि आराम दिन सक्छ । पिसाब पोलने समस्या रोक्न पर्याप्त पानी पिउनु, व्यक्तिगत सरसफाइमा ध्यान दिनु र मधुमेह वा पत्थरी जस्ता समस्याको नियमित जाँच गराउनु महत्त्वपूर्ण छ । सामान्य समस्या जस्तो देखिए पनि पिसाब पोल्ने समस्यालाई बेवास्ता गर्नु भने हुदैँन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया