काठमाडौँ- चर्चित गायिक एलिना चौहानले पति विष्णु सापकोटाविरुद्ध सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छिन् । लामो समय विष्णुसँग प्रेममा रहेर गत वैशाख ५ गते विवाह बन्धनमा बाँधिएकी एलिनाले पहिलो पटक आफूमाथि अस्ट्रेलियामा बस्दै आएका विष्णुले हिंसा गरेको खुलासा गरेकी छिन् ।
एलिनाले शुक्रबार विष्णु खरेलमार्फत काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी हुन् । आफूमाथि हिंसा भएको बताएकी हुन् ।
एलिनाले बागलुङका सापकोटासँग गत वैशाख ५ गते बिहे गरेकी थिइन् । एलिना विवाहपश्चात् केहीसमय श्रीमानसँग अस्ट्रेलियामै बसिन् । विवाह पक्का भएपछि खबरहबसँग उनले अस्ट्रेलियामा आफ्नो हुनेवाला श्रीमानको व्यवसाय रहेको बताएकी थिइन् ।
विवाहपछि उनी पनि उतै गएकी थिइन् । अस्ट्रेलियामा केही महिना बसेपछि उनी नेपाल फर्किइन् । गत असोजमा नेपाल फर्किएपछि आफू ओशो मार्गी बनेको उनले जानकारी दिएकी थिइन् ।
एलिना अहिलेकी व्यस्त गायिका हुन् । अहिले मेला महोत्सवको समय भएकाले त्यतै उनको व्यस्तता छ । उनको दाम्पत्य जीवनबारे पनि यही महोत्सव यात्राकै एक सन्दर्भले चर्चा चुलिएको हो ।
लामो समय प्रेम सम्बन्धमा रहेको यी जोडीबीच बिहेपछि कलह सुरु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया