मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जीरा मेथीको पानी नियमित पिउनुहोस, तौल घटाउनुहोस्

काठमाडौँ- जीरा वा मेथीको दाना तौल घटाउनको लागि काम लाग्छ। खासमा जीरामा एन्टिअक्सिडेन्ट हुन्छ, जसले पाचन सुधार गर्ने काम गर्दछ। शरीरलाई पोषक तत्व अवशोषित गर्न र पाचन कार्यलाई सहज बनाउन मद्दत गर्छ ।

जीरा र मेथीको दाना दुवैले तौल घटाउन मद्दत गर्छ। जीराले पाचन सुधार गर्न सक्छ । मेथीको दानाले भोक कम गर्न र तृप्तीको अनुभूति बढाउन मद्दत गर्छ ।

बिहान सबेरै खाली पेटमा मेथी र जीराको पानी पिउनाले पेटसँग सम्बन्धित धेरै समस्याबाट छुटकारा पाउन सकिन्छ र पाचन र मेटाबोलिजममा सुधार गर्दछ। मेथीको दानाले भोक कम गर्न र तृप्तीको अनुभूति बढाउन मद्दत गर्छ। मेथी जीराको पानी पाचनका लागि रामवाण उपाय मानिन्छ। हरेक दिन यसको प्रयोग गर्नाले पाचन प्रणाली राम्रो रहन्छ । 

मेथीको दानाबाट बनेको पेय पिउनाले मधुमेह नियन्त्रण गर्न सकिन्छ । मधुमेहका बिरामीले चिकित्सकको सल्लाहमा यसको सेवन गर्न सक्छन् । एक एक चम्चा जीरा र मेथीको दानालाई एक गिलास पानीमा भिजाएर रातभर राख्नु होस्। यो बिहान राम्रो फुल्नेछ। यस पछि यसलाई खाली पेटमा पानी फिल्टर नगरी प्रयोग गर्नुहोस् ।

यसलाई पिउनाले अनुहारमा अचम्मको चमक आउँछ, छाला सुन्दर बन्छ र धेरै प्रकारका स्वास्थ्य सम्बन्धी समस्या निको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?