मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कोशीमा एचपिभी खोपको सम्पूर्ण तयारी पूरा

विराटनगर  – कोशी प्रदेशमा यही माघ २२ गते शुभारम्भ हुने एचपिभी खोपको सम्पूर्ण तयारी पूरा भएको छ । दुई चरणमा लगाइने यो खोप आगामी फागुन ४ गते सम्पन्न हुनेछ ।

राष्ट्रिय खोप कार्यक्रमअनुसार एचपिभी खोप अभियान सञ्चालन गरिने प्रदेश खोप समन्वय समितिको सचिवालयले जनाएको छ । दश वर्षदेखि १४ वर्षसम्मका किशोरीलाई मात्र लगाइने यो खोप कोशी प्रदेशमा दुई लाख २० हजार पाँच सय ८४ जनालाई लगाउने लक्ष्य राखिएको स्वास्थ्य निर्देशनालय धनकुटाका सहजकर्ता भरत भण्डारीले जानकारी दिए ।

उक्त उमेर समूहका किशोरीहरू प्रायः विद्यालयमा कक्षा ७ देखि १० मा अध्ययनरत हुन्छन् र विद्यालय बाहिर रहेका सो उमेर समूहलाई खोप नछुट्ने उद्देश्यले निर्देशनालयले थप खोप केन्द्रको तयारी गरेको सहजकर्ता भण्डारीले बताए । उनका अनुसार विद्यालय बाहिर कोशी प्रदेशमा ४५ हजार तीन सय ३४ किशोरी रहेका छन् ।

 पाठेघरको घरमुखको क्यान्सरबाट मुक्त गराउन यो अभियान सञ्चालनमा ल्याएको निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले बताए । “महिलामा पाठेघरको घरमुखको क्यान्सरको जोखिम अत्याधिक हुन्छ, क्यान्सर भएर अकालमा ज्यान गुमाउनुपर्ने अवस्थालाई अन्त्य गर्न खोप अभियान सञ्चालन गरिएकाले सबैलाई खोप लगाउन अनुरोध गर्दछौँ”, उनले भने ।

स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका सचिव डा राधिका थपलियाले यो खोपसँगै महिलामा हुने पाठेघरको मुखको क्यान्सरबाट हुनसक्ने जोखिम नियन्त्रणमा लिन सकिने धारणा राखे । खोप लगाउँदा कुनै पनि नकारात्मक असर नपर्ने भएकाले उनले ढुक्कसँग लगाउन सबैलाई आग्रह गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?