मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘मिस्टर एन्ड मिस नेसनल नेपाल’ को चौथो संस्करण हुने 

 काठमाडाैँ- ‘मिस्टर एन्ड मिस नेसनल नेपाल’ को चौथो संस्करण हुने भएको छ।

काठमाडौंमा एक कार्यक्रमबीच चौथो संस्करणको घोषणासहित अडिसनबारे जानकारी दिइएको हो।  सनुर्वी इन्टरनेसनलका सञ्चालक तथा मिस्टर एन्ड मिस नेसनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्यायले चौथो संस्करणसम्म आइपुग्दा निकै खुसी लागेको बताए।

‘सन् २०२२ देखि हामीले यो प्रतियोगिता सुरुवात गरेका थियौं। चौथो संस्करणसम्म आइपुग्दा निकै खुसी लागिरहेको छ। यहाँसम्म जोडिनुभएका सम्पूर्णलाई धन्यावाद। हामीले लामो समयको लागि सोचेका छौं,’उपाध्यायले भने।

‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२५’ को मुख्य प्रायोजक नोभेम्बर क्लोथिङ रहेको छ। सनुर्वी इन्टरनेसनलले आयोजक रहेको प्रतियोगिताको अडिसन फेब्रुअरी १५ अर्थात फागुन ३ गतेबाट सुरु हुनेछ। 

मार्च २ सम्म चल्ने अडिसन काठमाडौं उपत्यकासहित बिराटनगर, पोखरा, इटहरि, चितवन, नेपालगञ्ज र धनगढीमा हुनेछ। काठमाण्डौँमा हुने अडिसनमा भने मिस ग्लोबकी विजेता डायना आउनेछिन्।

उनले फ्रेबुअरी ११ देखि १६ सम्म हुने अडिसनमा जजको रुपमा सहभागिता जनाउनेछिन्।  साथै यस प्रतियोगिताले वर्ल्ड युथ फेस्टिभलसँग सहकार्य गर्दै काभेपलाञ्चोकमा अन्तर्राष्ट्रिय स्तरको फेसन रनवे शो पनि गर्देछ। जुन जलवायु परिवर्तनको जनचेतनाका लागि हुनेछ।

मिस्टर एन्ड मिस नेसनलभित्र ६ वटा अन्तराष्ट्रिय फ्रेन्चाइज छन्। मिस सुप्रा नेसनल, मिस ग्लोब नेपाल, मिस्टर सुप्रा नेसनल, मिस इन्टरकन्टिनेन्टल, मिस्टर इन्टरनेसनल, मिस्टर टुरिजम वर्ल्ड रहेका छन्।

यसअघि मिस्टर एण्ड मिस नेशनल २०२४ प्रतियोगितामा सजिना खनाल मिस सुप्रा नेसनल र धीरजकाजी बस्नेत मिस्टर सुप्रा नेसनल बनेका थिए। त्यस्तै, मिस ग्लोब नेपाल मोनिका अधिकारी, मिस इन्टरकन्टिनेन्टल नेपाल आयुष्नोभा ढुंगाना, क्षितिज श्रेष्ठ क्षेत्री मिस्टर इन्टरनेशनल नेपाल र मिलन भट्टराई मिस्टर टुरिजम वल्र्ड भएका थिए।

पोल्याण्ड भएको मिस्टर सुप्रा नेसनल धीरजकाजी बस्नेत टप २०, मिस सुप्रा नेसनल सजिना खनाल इन्फुलुएन्सर विधाको टप ६ मा पुगेकी थिइन्।  अल्बेनियामा मिस ग्लोब नेपाल मोनिका अधिकारी टप १५ स्थान हासिल गरिन्।

साथै इजिप्टमा भएको मिस इन्टरकन्टिनेन्टल आयुष्नोभा ढुंगाना र थाइल्याण्डमा भएको मिस्टर इन्टरनेशनल क्षितिज श्रेष्ठ क्षेत्रीले प्रतिनिधित्व जनाएका थिए। त्यसैगरि, फ्रेबुअरी १० भियतनाममा हुने मिस्टर टुरिजम वर्ल्डका लागि मिलन भट्टराई नेपालबाट सहभागी हुँदैछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?