मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आरजु देउवाको ‘डान्स’ले तातियो सामाजिक सञ्जाल, यस्ताे छ भाइरल भिडियो

काठमाडौँ– कांग्रेस नेतृ आरजु देउवाको डान्सले यतिबेला सामाजिक सामाजिक सञ्जाल तातिएको छ ।

छोरा जयवीरसिंह देउवाको बिहेको पूर्वसन्ध्यामा शुक्रबार काठमाडौंको सोल्टी होटेलमा भएको पारिवारिक जमघटमा आरजुले डान्स गरेकी थिइन् । सार्वजनिक भिडियोमा उनले ‘ठुमक– ठुमक’ हिन्दी र ‘पिरतीको छाता ओढ न’ लगायतका नेपाली गीतमा डान्स गरेकी छिन् ।

जयवीरको बिहे माघ २१ गते पारिवारिक जमघटमा बुढानीलकण्ठमा गायिका शिवाना श्रेष्ठसँग सम्पन्न भएको छ । बिहेको पार्टी भने भद्रकालीस्थित आर्मी अफिसर्स क्लवमा फागुन २ गते सोमबार आयोजना हुने भएको छ । देउवा निकट स्रोतका अनुसार पार्टीमा नेता, उद्योगी, पत्रकार, व्यापारी, प्रतिष्ठित कलाकारहरुलाई निम्तो गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?