मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘शुभमय जिन्दगी : नववर्षे चित्रकला’ प्रदर्शनी शुरु

काठमाडौँ- साङ्गाइ इतिहास म्युजियमको आयोजना तथा नेपालस्थित चिनियाँ राजदूतावास र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहभागितामा शुक्रवारबाट प्रदर्शनी शुरु भएको छ ।

प्रदर्शनीको पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, नेपालस्थित चिनियाँ राजदूतावासका उपप्रमुख वाङ्सिन, साङ्गाइका सांस्कृतिक तथा पर्यटन ब्युरोका निर्देशक ओउसियाओ छुआन, साङ्घाइ क्रान्ति तथा इतिहास सङ्ग्रहालयका प्रमुख चेउ छुन हुवालगायतले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

समारोहमा पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कोइरालाले नेपाल र चीनबिचको सम्बन्ध ऐतिहासिक रहेको बताउँदै यस्ता कार्यक्रमले सांस्कृतिक कूटनीतिलाई थप बलियो बनाउने बताइन् ।

उनले सन् १९५५ मा दुई देशबिच कूटनीतक सम्बन्ध स्थापना भएपश्चात् सम्बन्धले थप उचाइ लिएको बताउँदै पञ्चशीलको सिद्धान्तअनुसार नै नेपाल चीनबिच अघि बढिरहेको धारणा राखिन् ।

प्रतिष्ठानका कुलपति हार्तम्छालीले साङ्गाइ इतिहास म्युजियमको आयोजनामा भएको ‘शुभमय जिन्दगी : नववर्षे चित्रकला’ प्रदर्शनीकोे

उद्घाटन समारोहमा विशेष अतिथिका रूपमा उपस्थित हुन पाउँदा खुसी लागेको बताउँदै साङ्घाइको सांस्कृतिक जनजीवनको बिम्व–झलकहरू चित्रकलामार्फत नेपालमै ल्याएर देखाइदिएकामा आयोजकप्रति आभार व्यक्त गरे ।

उनले भने, ‘यस प्रदर्शनीले आपसी अन्तर्राष्ट्रिय छिमेकी भाइचारा, एकआपसमा पर्यटन प्रवर्धन तथा सांस्कृतिक कलाको संवर्धनमा त्रिआयामिक सन्तुलन र समन्वयले पूर्वोत्तर एसियाको सांस्कृतिक सम्पदामा आपसी साझेदारी, जिम्मेवारी दुुई राष्ट्रबिचको हितेरी–मितेरी अझ बढाउनका साथै विशेष संवेदनशील कलाकारी–कूटनीतिक सौहार्द र वैदेशिक सद्भाव कायम राख्न सकिने राम्रो सुअवसर पनि भएको छ ।’

साङ्घाइ इतिहास सङ्ग्रहालयका प्रमुख चउ छुनह्वाले साङ्घाइ र काठमाडौँ हजारौं माइल टाढा भए तापनि यी दुई सहरहरूबिच गहिरो सम्बन्ध रहेको बताए ।

उनले प्राचीन रेशम मार्गले नेपाल र चीनलाई विगतमा एकअर्कामा परिचित हुन मद्दत गरेको धारणा राख्दै वर्तमान परिप्रेक्ष्यमा संस्कृतिका साथै आर्थिक क्षेत्रहरूमा पनि नियमित आदान–प्रदानले गर्दा यी दुई सहरहरूको सम्बन्ध अझ प्रगाढ भएको विचार राखे ।

‘प्रत्येक नयाँ वर्षको चित्रले उज्यालो र गहिरो रङहरू, संवेदनशील र जीवन्त रेखाचित्रहरू र विविध विषयवस्तुहरूको विशेषता बोकेको हुन्छ । प्रदर्शनीमा राखिएका चित्रकलाले पौराणिक कथाहरूदेखि दैनिक जीवनका झलकहरूसम्म, ओपेरा कथाहरूदेखि चिनियाँ शुभ प्रतीकहरूसम्म यी चित्रहरूले चिनियाँ जनताको बौद्धिक सिर्जनशीलतालाई उजागर गर्दै परम्परागत चिनियाँ संस्कृतिको गहिरो मर्मलाई झल्काउँछ,’ उनले भने ।

कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीहरू, चिनियाँ कलाकारहरू, विभिन्न क्षेत्र तथा सङ्घ–संस्थालाई प्रतिनिधित्व गर्ने व्यक्तिहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?