मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलिउड अभिनेत्री ममता कुलकर्णी बनिन् किन्नर अखाडाकी महामंडलेश्वर

काठमाडौँ- कुनै समय बलिउडकी चर्चित अभिनेत्री ममता कुलकर्णी अहिले किन्नर अखाडाकी महामंडलेश्वर बनेकी छिन् ।

उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भमा ममता कुलकर्णी शुक्रबार किन्नर अखाडाकी महामंडलेश्वर बनेकी हुन् । सोअघि उनले संगममा आफ्नो पिण्ड दान दिएकी थिइन् ।

त्यसपछि उनको पट्टाभिषेक पनि सो अखाडामा नै भयो । ममताले लामो समयअघि नै चलचित्र क्षेत्रबाट अवकाश लिएकी थिइन् । उनी साध्वीको जीवन बिताउँदै आएकी थिइन् । हालै मात्र उनी २४ वर्षपछि भारत फर्किएकी थिइन ।  

किन्नर अखाडाका महामंडलेश्वर बनेपछि उनले नयाँ नाम पनि राखेकी छिन् । अब उनी ममता कुलकर्णीवाट ‘ममता नन्द गिरी’को नामले चिनिने भएकी छिन् ।

यो किन्नर अखाडा सन २०१५ मा स्थापित, एक हिन्दू धार्मिक संस्थाको हो, जसको मुख्य उद्देश्य ट्रान्सजेन्डर समुदायलाई आध्यात्मिक र सामाजिक क्षेत्रमा समानता र मान्यता प्रदान गर्नु हो । अहिले ममता कुलकर्णीलाई महामंडलेश्वरमा नियुक्त गरेर आखाडाले आफ्नो सन्देश र प्रभावलाई थप फैलाउन खोजिरहेको छ ।

सो क्रममा किन्नर अखाडाका आचार्य महामंडलेश्वर लक्ष्मी नारायणले ममता नन्द गिरीलाई स्वागत गरेका थिए । उनले किन्नर अखाडाले पूर्व बलिउड अभिनेत्री ममता कुलकर्णीलाई महामंडलेश्वर बनाएको जानकारी दिए ।  

उनका अनुसार अब नाम ‘श्री यमाई ममता नन्द गिरी’ राखिएको छ । उनका अनुसार अभिनेत्री  विगत डेढ वर्षदेखि किन्नर अखाडा र गुरूसँग सम्पर्कमा रहँदै आएकी थिइन । ‘यदि उनी चाहन्छिन् भने, उनले कुनै पनि धार्मिक चरित्रका चरित्र अझै पनि खेल्न सक्छिन् किनभने हामी कसैलाई उनीहरूको कला प्रदर्शन गर्नबाट रोक्दैनौं,’ लक्ष्मीनारायणले भारतीय मिडियासँग भने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?