काठमाडौँ- बेलायतका डाक्टरहरूले पहिलो पटक किहोल सर्जरीमार्फत बिरामीको आँखामा भएको ब्रेन ट्युमर हटाउन सफल भएका छन् । बेलायतको लिड्स टिचिङ हस्पिटल एनएचएस ट्रस्टका शल्यचिकित्सकहरूले यस्तो जटिल शल्यक्रिया गरेका हुन् । शल्यक्रिया पूरा हुन तीन घण्टामा लागेको थियो ।
शल्यक्रिया गरिएको बिरामी ४० वर्षे रुभिम्बो काभिया रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सन् २०२३ मा काभियालाई मेनिन्जियो भएको पुष्टि भएको थियो । चिकित्सकहरुले उनको मस्तिष्कको पछाडि रहेको केभर्नस साइनसबाट ट्युमर निकालेका हुन् । पहिले यस प्रकारको ट्युमरको उपचार गर्न निकै कठिन मानिन्थ्यो ।
शल्यक्रिया गर्नुअघि मेडिकल टोलीले काभियाको टाउकोको थ्रीडी मोडल प्रयोग गरेर अभ्यास गरेको थियो । यसका साथै शव प्रयोगशालामा पटकपटक यो प्रक्रिया दोहोर्याएर सुधार गर्ने प्रयास पनि गरिएको थियो ।
यो शल्यक्रियालाई चिकित्सा जगतमा निकै महत्वपूर्ण घटनाका रुपमा लिइएको छ । यससँगै पहिले असम्भव वा अत्यन्त जोखिमपूर्ण मानिने ठाउँमा भएका ट्युमरको उपचारमा यो विधि प्रभावकारी हुने मानिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया