मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अत्यधिक अण्डाको सेवन गर्दा निम्तिन सक्छन् यस्ता रोग

काठमाडौँ– अण्डा निकै पोषिलो खानेकुरा हो । ब्रेकफास्ट होस् वा दिउँसोको खाजा, धेरैको रोजाइमा पर्ने खानेकुरा हो, अण्डा । अण्डामा धेरै किसिमका भिटामिन तथा खनिज पाइने हुँदा यसलाई ‘सुपर फुड’ मानिन्छ । त्यसैले अण्डा खानु स्वास्थ्यका लागि धेरै फाइदाजनक मानिन्छ ।

यसमा प्रोटिन, भिटामिन डी, भिटामिन बी १२ र हेल्दी फ्याट पाइन्छ । तर धेरै मात्रामा अण्डाको सेवन गर्नु वास्थ्यका लागि हानिकारक हुन्छ  भन्नेकुराको जानकारी धेरैलाई छैन ।

यसमा कोलेस्ट्रोल उच्च हुन्छ र अण्डाको प्रभाव तातो हुन्छ । त्यसैले सीमित मात्रामा अण्डा खानु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । मुटु रोगीलाई पनि धेरै अण्डाको सेवन गर्न निषेध गरिएको छ । कुनै पनि रोग वा समस्या भएका व्यक्तिले चिकित्सकको सल्लाहबिना अण्डा खानु हुँदैन । अण्डा धेरै खाँदा पखाला लाग्न सक्छ ।

यसले शरीरलाई निकै कमजोर बनाउँछ । त्यसैले एकैपटक धेरै अण्डा खानु हुँदैन । यदि एक स्वस्थ वयस्कले दैनिक एक अण्डा खान्छ भने, त्यो उनको लागि पर्याप्त छ । तर धेरै कुरा व्यक्तिको शरीर र जीवनशैलीमा पनि निर्भर गर्छ ।

यदि कुनै रोग छैन भने तीनवटा अण्डा पनि खान सकिन्छ । भारी व्यायाम गर्ने मानिसहरूलाई बढी प्रोटिन चाहिन्छ, यस्तो अवस्थामा उनीहरूले अण्डाको मात्रा बढाउन सक्छन् ।

धेरै अण्डाको सेवन गर्दा निम्तन सक्छन् यस्तो समस्या:

कब्जियत

अण्डा बढी खाँदा पाचन प्रणालीमा प्रत्यक्ष असर पर्छ, जसले कब्जियत हुन सक्छ । कतिपय अवस्थामा पेट फुल्ने, पेटमा जलन हुने र ग्यासको समस्या हुने सम्भावना हुन्छ ।

कोलेस्ट्रोल

अण्डाको पहेँलो भागमा हेल्दी फ्याट पाइन्छ । यो स्याचुरेटेड फ्याट जत्तिकै हानिकारक हुँदैन । तर उच्च कोलेस्ट्रोलको समस्या भोगिरहेकाहरूले अण्डा कम खानुपर्छ ।

पखाला

अण्डा धेरै खाँदा पखाला लाग्न सक्छ । यसले शरीरलाई निकै कमजोर बनाउँछ । त्यसैले एकैपटक धेरै अण्डा खानु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?