काठमाडौँ- १५औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन्। उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारमा पुष २५ बाट सुरु भएको महोत्सव माघ १० गतेसम्म चल्ने छ।
उवासंघ चितवनका कार्यकारी निर्देशक निल केसीले माघ ४ गतेसम्म ३ लाख ५० हजारले महोत्सव अवलोकन गरेको जानकारी दिए। महोत्सवमा उल्लासमय सहभागिता देख्न सकिन्छ। पैदल यात्रा गर्ने ठाउँमा कार्पेट बिछ्याएर निकै आकर्षक पारिएको चितवन महोत्सव परिसर धुलोरहित बनेको छ।
महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन्। स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका महोत्सव सांस्कृतिक कार्यक्रम संयोजक नारायण प्रधानले जानकारी दिए।
त्यसैगरी महोत्सव परिसरमा विविधि खेलकुदका गतिविधिहरु समेत भइरहेको खेलकुद समिति संयोजक शंकर प्रसाद घिमिरेले जानकारी दिए। महोत्सवमा मनोरञ्जन गर्नका लागि विभिन्न मनोरञ्जनात्मक खेलहरु समेत रहेका छन्। मनोरम नारायणीको दृश्य अवलोकन गर्दै विविध परिकार खान पाइने व्यवस्था समेत महोत्सवमा रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया