दाँतको दुखाई असह्य हुन्छ । दाँत किराले खादा, गिजा सुन्निँदा, बुद्धि बगांरा पलाउँदा,लगायत विविध कारणले दाँत दुख्ने गर्छ ।
राम्ररी दाँत सफा नगर्दा वा चिसो पानी पिए लगत्तै तातो चिज खाएपछि पनि दाँत दुख्ने हुन्छ ।
दुखाई सहन नसक्दा प्राय हामी पेनकिलर,ब्रुफिन लगायत सेवन गर्छौ वा चिकित्सक कहाँ पुगिहाल्छौ, तर घरेलु उपायतिर ध्यान दिँदैनौँ ।
थाहा पाउनुहोस् दाँत दुखाई कम गर्ने घरेलु उपायहरू :
आलु
यदि दाँतको दुखाइका साथ–साथै सुन्निने समस्या पनि पनि भए आलुलाई ताछेर त्यसको टुक्रालाई दुखेको ठाउँमा १५ मिनेट राख्नुहोस् निकै राहत मिल्नेछ ।
कागती
कागतीमा भिटामिन सी हुन्छ, जसले दाँतको दुखाई बाट छुटकारा दिलाउन सक्छ । दुखेको भागमा कागती लगाउँदा तुरुन्तै राहत मिल्छ ।
लसुन
लसुनको एक पोटीलाई नुनसँग खानुहोस्, यसले दाँतको दुखाई बाट राहत दिन्छ ।
प्याज
हरेक तीन मिनेटमा प्याजको एक टुक्रा खाने गरेमा मुखका किटाणु मर्छन् र यसले दाँतको दुखाई पनि कम गर्छ ।
ल्वाङ
सबैलाई थाहा भएको कुरा, दाँत दुखेमा ल्वाङले तुरुन्तै आराम दिन्छ । दुखेको भागमा ल्वाङ वा ल्वाङको तेल लगाउन सक्नुहुन्छ ।
यदि दाँत किराले खाएको छ र दुखेको छ भने किराले खाएर दुखेको भागमा अलिकति हिङ राख्दा दाँतको दुखाई धेरै हद सम्म कम हुन्छ ।
खैनी
खैनी धेरै खायो भने मुखमा घाउ हुने र ओठ कालो हुने जस्ता समस्याहरू देखा पर्छ तर अलिकति खैनीसँग नुन राखेर पिसेर दिनहुँ दाँत ब्रस गर्नाले दाँतको दुखाई बाट मुक्ति मिल्छ ।
तातोपानी
दाँत दुख्दा तातो पानीको थैलीले सेक्दा पनि निक्कै राहत मिल्छ ।
पुदिना
पुदिनाको पातलाई पिँधेर किरा लागेको दाँतमा राख्नाले दुखाइ धेरै कम हुन्छ ।
हिङ
हिङ र कागती मिलाई पेस्ट बनाइ दाँत ब्रस गर्नाले पनि धेरै फाइदा हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया