मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सैफ अली खानको ढाडवाट निकालियो २ इन्चको चक्कुको टुक्रा

काठमाडौँ – बलिउड अभिनेता सैफ अली खानमाथि मुम्बईस्थित उनको घरमा भएको हमलाले बलिउड र उनका फ्यानलाई स्तब्ध बनाएको छ ।

प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । आक्रमणकारी मध्यरातमा पोस सोसाइटीको फ्ल्याटमा कसरी प्रवेश गरे भन्ने प्रश्न उठिरहेको छ ।

अभिनेता सैफलाई उनको बान्द्राको फ्ल्याटमा बिहान १ देखि २ बजेको बीचमा अज्ञात व्यक्तिले चक्कु प्रहार गरेको थियो, जसमा उनी घाइते भएका थिए र शल्यक्रियाका लागि अस्पतालमा भर्ना भएका थिए।

लीलावती अस्पतालका सीओओ डा नीरज उत्तमानीका अनुसार सैफ अली खानको शरीरमा ६ घाउ देखिएको छ, जसमध्ये २ गहिरो रूपमा रहेका छन् । एउटा घाउ उनको मेरुदण्डको नजीक र अर्को घाँटीमा छ। उनको शल्यक्रिया सकिएको छ ।

उनको दुईवटा गहिरो घाउमा प्लास्टिक सर्जरी गरिएको लीलावती अस्पतालका चिकित्सकले बताएका छन् । लिलावती अस्पतालका चिकित्सकले सैफको शरीरमा चक्कुको टुप्पोको दुईवटा निशान घाँटीमा रहेको मिडियालाई बताएका छन् ।

उनका अनुसार सबैभन्दा ठूलो घाउ उनको मेरुदण्डमा थियो । डाक्टरले भने– ‘हामीले मेरुदण्डबाट यति ठूलो ९औँलाको इशाराले० साढे दुई इन्चको चक्कुको टुक्रा निकालेका छौं ।’

यतिखेर अस्पतालमा श्रीमती करिना, छोरी सारा अलि खानसहित परिवारका अन्य सदस्य अस्पतालमा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?