मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

छुरा प्रहारबाट घाइते सैफ अली खानको अवस्था खतरामुक्त

काठमाडौँ – बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार हुँदा उनी सख्त घाइते भएका हुन् । उनलाई धारिलो हतियारले आक्रमण हुँदा छ ठाउँमा चोट लागेको उनको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

अस्पतालले उनलाई लागेको चोटमध्ये दुई वटा गहिरो भएको र एउटा उनको मेरुदण्डनजिकै रहेको जनाएको छ ।

सैफ अली खानको बान्द्रास्थित ’सतगुरु शरण’ भवनमा रहेको निवासमा एक घुसपैठियाले घरमा काम गर्ने एक महिलासँग मुठभेड गरेपछि छुट्टयाउने क्रममा चोट लागेको बताइएको छ ।

बलिउड अभिनेता सैफ अली खानको उपचारमा संलग्न लिलावती अस्पतालको चिकित्सकको टोलीले एक विज्ञप्ति जारी गर्दै उनको अवस्था खतरामुक्त रहेको र अहिले उनको स्वास्थ्यमा सुधार भइरहेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “बलिउड अभिनेता सैफ अली खानको शल्यक्रिया सफल भएको छ । उनको स्वास्थ्यको प्रगतिको निगरानी उपचारमा संलग्न चिकित्सकहरूले गरिरहेका छन् ।”

उनको परिवारका सबै सदस्य सुरक्षित रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?