काठमाडौँ- बलिउड अभिनेता सैफ अली खानमाथि घातक आक्रमण भएको छ ।
गएराति मुम्बईको बान्द्रास्थित घरमा पसेर आक्रमणकारीले खानमाथि छुरा प्रहार गरेका थिए । घटना स्थानीय समयअनुसार गएराति करिब २ः३० बजेको हो ।
भारतीय सञ्चार माध्यमका अनुसार आक्रमणबाट घाइते भएका खानलाई लीलावती अस्पताल भर्ना गरिएको छ । लीलावती अस्पतालले खानको हाल शल्यक्रिया भइरहेको पुष्टि गरेको छ ।
प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । मुम्बई प्रहरीले सैफ अली खानको घरमा काम गर्ने तीन जनालाई हिरासतमा लिएर सोधपुछ गरेको छ ।
घटनापछि खानका फ्यानहरु तनावमा छन् र छिटोभन्दा छिटो उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया