मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी व्यक्तिहरुले जाडोमा आगो ताप्दा हुन सक्छ नोक्सान

काठमाडौँ– जाडोमा चिसोबाट बच्न धेरैजसोले आगो बालेर ताप्ने गर्छन् । तर आगोको धुँवामा भएका धूलोका कणहरु स्वास्थ्यका लागि हानिकारक समेत हुन सक्छ । आगो बाल्दा यसबाट उत्पन्न भएको कार्बन श्वासनली हुँदै शरीरमा प्रवेश गरेर यसले होमोग्लोबिन प्रक्रियालाई ब्लक गर्न सक्ने जोखिम हुने स्वास्थ्य विज्ञहरुको भनाइ छ ।

साथै शरीरमा अक्सिजन प्रणालीमा समेत प्रभाव पर्न सक्छ । केही व्यक्तहरुलाई आगो ताप्दा फाइदा भन्दा बढी नोक्सान हुन सक्छ । कस्ता व्यक्तिहरुलाई आगो ताप्दा लोक्सान हुन सक्छ भन्ने हामी जानकारी गराउँछौं ।

श्वासप्रशवासको बिरामी
श्वासप्रशवास सम्बन्धि बिरामीहरुले सकभर आगो नताप्दा नै राम्रो हुन्छ । आगोबाट आउने धुँवाका कणहरुले श्वासप्रशवास नलीमा प्रभाव पारेर स्वास्थ्य अवस्था झनै बिग्रन सक्छ ।

वृद्धवृद्धा
वृद्धवृद्धाहरुको श्वासप्रश्वास प्रणाली कमजोर हुने भएकाले धुवाँले उनीहरुको स्वास्थ्यमा बढी असर पार्न सक्छ ।

बालबालिका
बालबालिकाको फोक्सो पूर्ण रूपमा विकसित भएको हुँदैन । त्यसैले धुवाँको प्रभाव उनीहरूका लागि बढी हानिकारक हुन सक्छ ।

गर्भवती
धुवाँमा पाइने विषाक्त कणले गर्भवती महिला र उनको भ्रुणको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ ।

हृदय रोगका बिरामी
धुवाँमा पाइने कार्बन मोनोअक्साइड र अन्य विषाक्त ग्यास रगतमा अक्सिजनको मात्रा कम हुने भएकाले मुटुका बिरामीका लागि खतरनाक हुन सक्छ ।

धुवाँबाट बच्ने उपाय

मास्क लगाउने
धुवाँबाट जोगिनका लागि फिल्टर मास्क लगाउन सकिन्छ । यसले हानिकारक कणहरूलाई फोक्सोमा प्रवेश गर्नबाट रोक्छ ।

आगोबाट टाढा रहने
श्वासप्रशवासको बिरामीहरु सकेसम्म धुवाँ भएको ठाउँबाट टाढा रहनुपर्छ ।

झ्याल र ढोका बन्द राख्ने
नजिकै आगो बलिरहेको छ भने धुवाँ भित्र पस्न नपरोस् भनेर घरको झ्याल र ढोका बन्द राख्नुपर्छ ।

ह्युमिडिफायर प्रयोग
ह्युमिडिफायरको प्रयोगले भित्री हावा सफा राख्न र धुवाँका कणहरू हटाउन मद्दत गर्दछ ।

धेरै पानी पिउने
धेरै पानी पिउनाले शरीरलाई हाइड्रेट राख्न मद्दत पुग्छ । जसले धुवाँको कारण हुने घाँटीको जलन र सुख्खापनलाई कम गर्न सक्छ ।

डाक्टरसँग परामर्श
यदि तपाईंलाई धुवाँको सम्पर्कमा आएपछि सास फेर्न समस्या भइरहेको छ वा असहज महसुस भइरहेको छ भने तुरुन्तै डाक्टरलाई सम्पर्क गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?