मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

माइकल जोर्डन यसरी बने विश्वकै महान् बास्केटबल खेलाडी

काठमाडौँ- माइकल जोर्डन अमेरिकाका प्रसिद्ध र महान् बास्केटबल खेलाडी हुन् । धेरैले उनलाई समकालीन इतिहासकै सबैभन्दा महान बास्केटबल खेलाडी मान्छन् ।

उनले सन् १९८० र ९० को दशकमा नेशनल बास्केटबल एसोसिएशन (एनबीए) मा खेल्दै आफ्नो करियर बनाएका थिए । जोर्डनले शिकागो बुल्सको सदस्यका रूपमा ६ पटक एनबीए च्याम्पियनशिप जितेका छन् भने पाँच पटक एनबीएको मोस्ट भ्यालुएबल प्लेयरको अवार्ड पनि जितेका छन् ।

माइकल जोर्डनको जन्म १७ फेब्रुअरी १९६३ मा ब्रुकलिनको एक मध्यमवर्गीय परिवारमा भएको थियो । उनी ५ दाजुभाइमध्ये चौथो सन्तान हुन् । बाल्यकालदेखि माइकल जोर्डनको रुचि बास्केटबलमा थिएन । उनी बेसबल खेल्न चाहन्थे ।

सानो हुँदा एक दिन माइकल आफ्ना भाइसँग बास्केटबल खेल्दै थिए । त्यो खेलमा उनी भाइसँग पराजित भए । उनलाई निकै नरमाइलो लाग्यो । उनलाई भाइभन्दा राम्रो बास्केटबल खेलेर देखाउँछु भन्ने इख पैदा भयो । यही सानो घटनाका कारण उनी बास्केटबलतर्फ आकर्षित भए ।

उनले नर्थ क्यारोलाइना विश्वविद्यालयमा अध्ययन गरेका थिए, त्यहीँबाट उनले १९८२ मा एनसीएए च्याम्पियनशिप जितेका थिए । त्यसपछि, उनले १९८४ मा एनबीए ड्राफ्टमा चुनिएर शिकागो बुल्सका सदस्य बने ।

पछि उनले आफ्नो अति उत्कृष्ट खेल कौशल, स्कोरिङ क्षमता, र अविश्वसनीय एथलेटिसिजमको लागि पहिचान पाए । जोर्डनको बास्केटबल यात्रालाई अमेरिकी खेल सँस्कृतिमा ऐतिहासिक अभियानकै प्रतीक समेत मानिन्छ ।

जोर्डनले शिकागो बुल्ससँग ६ पटक एनबीए च्याम्पियनशिप जिते र ५ पटक एनबीएको मोस्ट भ्यालुएबल प्लेयरको अवार्ड पनि जितेका थिए । यतिमात्र होइन, उनले उनले १० पटक एनबीएको स्कोरिङ च्याम्पियनको उपाधि जितेका छन् ।

त्यसैगरी, जोर्डनले १४ पटक एनबीए अल स्टार्स गेममा सहभागिता जनाएका एन् । जोर्डनको करियर औसत ३०.१ पोइन्ट्स प्रतिगेम हो, जुन एनबीएको इतिहासमा सबैभन्दा उच्च औसत हो । यसले उनलाई सबैभन्दा बढी स्कोर गर्ने खेलाडी बनाउँछ ।यससँगै जोर्डनले सन् १९८४ र १९९२ मा अमेरिकाका तर्फबाट ओलम्पिकमा स्वर्ण पदक पनि जितेका छन् ।

बास्केटबलका कडा प्रतिस्पर्धी र खेलको असाधारण क्षमताका कारण उनले “एयर जोर्डन” उपनाम समेत कमाएका थिए । उनको प्रसिद्ध “हेयरप्ले” र शटले उनलाई सारा संसारमा एक आइकनको रूपमा चिनायो । जोर्डन १९९३ मा बास्केटबलबाट अस्थायी रूपमा अवकाश लिए र आफूलाई बेसबलमा समर्पित गरे । तर, सन् १९९५ मा उनले बास्केटबलमा फर्किए र पुनः बुल्सलाई च्याम्पियन बन्न सहयोग गरे ।

जोर्डनले २००३ मा आफ्नो एनबीए करिअर समाप्त गरेका थिए । उनी अहिले पनि बास्केटबलका सबैभन्दा प्रभावशाली र प्रेरणादायक व्यक्तित्वको रूपमा परिचित छन्। साथै, जोर्डनको व्यवसायिक जीवन पनि निकै सफल छ, विशेष गरी उनका “एयर जोर्डन” जुत्ता र विभिन्न ब्रान्ड्ससँगको साझेदारी मार्फत उनले बास्केटबल बाहेक अन्य क्षेत्रहरूमा पनि सफलता प्राप्त गरेका छन् ।

जोर्डनलाई विश्वभरमा एक खेलका आदर्श र प्रेरणाको रूपमा लिइन्छ, र उनको योगदान र प्रभाव बास्केटबलको इतिहासमा निकै महत्वपूर्ण मानिन्छ । जोर्डनले खेल जीवनपछि पनि विभिन्न व्यापारिक र परोपकारी गतिविधिहरूमा संलग्न रहे । उनी अहिले एनबीए टिम शार्लट होर्नेट्सका मालिक पनि हुन् । सन् २०१० मा उनले यस टीमको ८० प्रतिशत शेयर किनेका थिए ।

माइकल जोर्डनले सन् १९८९ मा जुनिथा भानोएसँग विवाह गरेका थिए । यो दम्पत्तिले तीन सन्तान जन्माएका थिए । यद्यपि उनीहरुले सन् २००७ मा सम्बन्धविच्छेद गरेका थिए । सन् २०१३ मा जोर्डनले यभेट प्रेइतोसँग विवाह गरेका थिए । यो दम्पत्तिले सन् २०१४ मा दुई जना जुम्ल्याहा सन्तानलाई जन्म दिएको थियो ।

जोर्डनले बास्केटबलबाट आफ्नो व्यवसाियक करियरबाट विदा लिएपछि विभिन्न व्यापारिक गतिविधिहरूमा पनि सफलता प्राप्त गरेका छन् । उनले नाइकीको एअर जोर्डन नामक ब्रान्डसँग पनि साझेदारी गरेका छन् । यो ब्राण्डको जुत्ता र अन्य उत्पादनहरू बास्केटबलको दुनियाँमा प्रमुख ब्राण्ड बन्न सफल भएको छ ।

उनले बास्केटबल करिअर र व्यवसायिक गतिविधिबाट अथाह सम्पत्ति कमाएका छन् । अमेरिकी पत्रिका फोर्ब्सका अनुसार उनको कुल सम्पत्ति ३ अर्ब ५० करोड अमेरिकी डलरभन्दा धेरै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?