मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कस्तो अवस्थामा गाजर खानु फाइदाजनक हुँदैन ?

काठमाडौँ– गाजरलाई निकै पोषक तत्व भएको खानेकुराका रुपमा लिइन्छ । आँखा र छालाको सुन्दरताको लागि समेत गाजर खानु राम्रो मानिन्छ । तर सबैलाई गाजर फाइदाजनक नहुन सक्छ । खास परिस्थितिमा कुनै कुनै व्यक्तिहरुलाई गाजर सेवन हानिकारक समेत हुन सक्छ । त्यसकारण हामी तपाईंलाई गाजर सेवन गर्दा ध्यान दिनुपर्ने अवस्थाहरुबारे जानकारी गराउँछौं ।

मधुमेहको बिरामी

गाजरमा कार्बोहाइड्रेट र चिनी हुन्छ । जसले रगतमा चिनीको मात्रालाई असर गर्छ । गाजरको ग्लाइसेमिक इन्डेक्स कम भए पनि यसको अत्यधिक सेवन मधुमेहका बिरामीका लागि हानिकारक हुन सक्छ । यसले रगतमा चिनीको मात्रा बढाउन सक्छ । जसले गर्दा रगतमा चिनी नियन्त्रण गर्न गाह्रो हुन्छ । त्यसैले मधुमेहका रोगीहरूले गाजरलाई नियन्त्रित मात्रामा सेवन गर्नुपर्छ र चिकित्सकको सल्लाह लिएर मात्रै सेवन गर्नुपर्छ ।

थाइराइडको बिरामी

गाजरमा ‘गोइट्रोजन’ नामक तत्व पाइन्छ । जसले थाइराइड ग्रन्थिको काममा असर पार्न सक्छ । यो तत्वले आयोडिनको अवशोषणमा बाधा पु¥याउँछ । जसले थाइराइड ग्रन्थिको सुन्निने र समस्या निम्त्याउन सक्छ । हाइपोथायराइडिज्म वा अन्य थाइरोइड भएका व्यक्तिहरूले गाजरको उपभोग सीमित गर्नुपर्छ । तर, यदि थाइराइडको उपचार भइरहेको छ भने डाक्टरसँग परामर्श लिएर गाजरको सेवन गर्न सकिन्छ ।

पेटको समस्या भएका व्यक्ति

गाजरमा उच्च मात्रामा फाइबर हुन्छ, जुन पेटको स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । तर यदि कसैलाई कब्जियत, ग्यास वा एसिडिटी जस्ता पेटसम्बन्धी समस्या छ भने गाजरको अत्यधिक सेवनले समस्या निम्त्याउन सक्छ । गाजरको अत्याधिक सेवनले पेट फुल्ने, ग्यास र अपच जस्ता समस्या निम्त्याउन सक्छ । तसर्थ पेटको समस्याबाट पीडित व्यक्तिहरूले गाजर खानु हुँदैन वा यसलाई सीमित मात्रामा खानुपर्छ ।

मृगौला रोगी

गाजरमा पोटासियमको मात्रा उच्च हुन्छ, जसले शरीरमा पानीको सन्तुलन कायम राख्न मद्दत गर्छ । तर यसले मृगौलाका बिरामीलाई समस्या निम्त्याउन सक्छ । मृगौलाले राम्रोसँग काम नगर्दा शरीरमा पोटासियमको मात्रा बढ्न सक्छ । जसका कारण स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । यसका लागि मृगौला रोगीहरूले नियन्त्रित मात्रामा र चिकित्सकको सल्लाहमा गाजर खानुपर्छ ।

गर्भवती महिला

गर्भवती महिलाका लागि गाजर फाइदाजनक हुन्छ तर यसको अत्यधिक सेवनले केही समस्या निम्त्याउन सक्छ । गाजरमा भिटामिन ‘ए’ उच्च मात्रामा पाइन्छ, जुन गर्भावस्थामा आवश्यकभन्दा बढी हुन सक्छ । भिटामिन ‘ए’को अत्यधिक सेवनले भ्रुणको विकासमा प्रभाव पार्न सक्छ । तसर्थ, गर्भवती महिलाहरूले सीमित मात्रामा गाजरको सेवन गर्नुपर्छ र यसबारे चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?