काठमाडौँ – जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि अर्को मुद्धा पनि जेल सजाय सुनाइएको छ ।
पाकिस्तानको एक अदालतले खान र उनकी श्रीमती बुशरा बिबीले विवाहमा इस्लामिक प्रचलनको उल्लङ्घन गरेको भन्दै सजाय सुनाइएको हो ।
खानकी पहिलो श्रीमती खावर मनेकाले दुई विवाहबिच अनिवार्य ब्रेक वा इद्दत पालना गर्ने इस्लामिक प्रचलनको उल्लङ्घन गरेको आरोप लगाउँदै यस सम्बन्धमा मुद्दा दायर गरेकी थिइन ।
यही मुद्दामा अदालतले खान र अहिलेकी श्रीमती दुवैलाई सात वर्षको जेल सजाय सुनाएको हो । खान यसै पनि सेप्टेम्बर २०२३ देखि धेरै मुद्दाका कारण बन्दी अवस्थामा रहेका छन् ।
पूर्व पत्नी मनेकाले पनि खानमाथि विवाह अघि अतिरिक्त वैवाहिक सम्बन्ध रहेको आरोप समेत लगाएकी थिइन ।
पाकिस्तानी समाचार संस्थाका अनुसार शुक्रबार अदालतले थप साक्षीहरू पेस गर्न बचाव पक्षको अनुरोधलाई अस्वीकार गरेको थियो ।
गत बिहीबारको सुनुवाइका क्रममा अदालतमा इमरान खान र मनेकाबीच चर्को बहस भएको थियो र उनीहरूले एक अर्का विरुद्ध आरोप लगाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया