काठमाडौँ– अमेरिकाबाट प्रकाशित हुने पत्रिका न्यूयोर्क टाइम्सले सन् २०२५ मा घुम्नलायक ५२ स्थानमा नेपालको लुम्बिनीलाई पनि समावेश गरेको छ ।
न्यूयोर्क टाइम्सले ‘सन् २०२५ मा पुग्नुपर्ने ५२ स्थान’ शीर्षकमा एक लेख प्रकाशित गर्दै बुद्धको जन्मस्थल लुम्बिनीलाई पनि समेटेको हो ।
सूचीको नवौँ स्थानमा लुम्बिनीलाई राख्दै पत्रिकाले सिदार्थ गौतमलाई मायादेवीले जन्म दिएको प्रसङ्ग पनि उल्लेख गरेको छ ।
यस्तै न्यूयोर्क टाइम्सले एसियाली देश भारत, पाकिस्तान, थाइल्याण्ड, इन्डोनेसिया, जापान लगायतका स्थानलाई पनि उक्त सूचीमा समावेश गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया