मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जाडोमा पुरुषले तातो पानीले नुहाउन के कुरा ख्याल गर्नुपर्छ ?

काठमाडाैँ – जाडोमा नुहाउनु सबैभन्दा ठूलो समस्या हो । अत्याधिक चिसो र सातादेखि घाम नपाउँदा पानी देखेपछि मानिसहरु काँप्ने गर्छन् । तर कतिपयलाई नुहाउने बानी हुन्छ । जतिसुकै चिसो भए पनि मानिस नुहाउन छोड्दैनन् ।

यस्तो अवस्थामा मानिसहरु नुहाउनका लागि चिसो पानीको सट्टा तातो पानीको प्रयोग गर्छन् । तर, तातो पानीले नुहाउँदा शरीरलाई धेरै नोक्सान हुन्छ । विज्ञहरुका अनुसार शरीरको रचनमा पुरुष र महिला फरक-फरक हुन्छ । पुरुषहरुले अण्डकोषमा तातो पानी खन्याउनु हुँदैन । तातो पानीले नुहाउन छोडेन भने पुरुष नपुंसकताको शिकार हुन सक्छन् ।

रिपोर्टका अनुसार पुरुषको अण्डकोषको तापक्रम शरीरका अन्य भागको तापक्रमको तुलनामा करिब ४ डिग्री सेल्सियस कम हुन्छ। यो कारणले गर्दा शुक्रकीट उत्पादन राम्रो रहन्छ र प्रजनन स्वास्थ्य राम्रो रहन्छ।

तर, अण्डकोषको तापक्रम बढेमा यो शुक्रकीटका लागि खतरनाक साबित हुन्छ । दैनिक तातो पानीले नुहाउँदा पुरुषको प्रजनन क्षमतामा खतरा हुन्छ, जसका कारण बच्चा जन्माउन कठिनाइ हुन्छ । यसका साथै आयुर्वेदले पनि पुरुषहरूले आफ्नो गोप्य भागमा तातो पानी खन्याउनबाट जोगिनुपर्ने बताएको छ ।

खानपानमा विशेष ध्यान दिनु पर्नेछ
जाडोमा प्रजनन क्षमता बढाउन पुरुषले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ । यसका लागि तपाईंले आफ्नो आहारमा पौष्टिक तत्वयुक्त खानेकुरा समावेश गर्नुपर्छ । यसबाहेक केही चीजहरूको उपभोग बन्द गर्नुपर्छ।

पुरुषले प्रजनन क्षमता बढाउन फलफूल र तरकारी खानुपर्छ
प्रजनन क्षमता बढाउन पुरुषले चुरोट र मदिराको सेवन बन्द गर्नुपर्छ ।
धेरै तनावमा रहेको मानिसको प्रजनन क्षमता कम हुन्छ। यस्तो अवस्थामा पुरुषले तनावबाट टाढा रहनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?