काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशैभरको मौसम चिसो छ । जाडो मौसममा मुटु, पक्षाघात जस्ता केही रोगको जोखिम बढ्छ । तर, जाडोमा नुहाउनु पनि ठूलो चुनौती हो ।
जाडो मौसममा नुहाउँदा केही कुरामा ध्यान दिनु जरुरी छ किनकी सानो गल्ती पनि हामीलाई महँगो साबित हुन सक्छ । आउनुहोस् तपाईलाई जाडोमा नुहाउँदा ध्यान दिनु पर्ने कुराहरु जानाैं …
नुहाउने बेला नगर्नुहोस् यी गल्ती !
हरेक मौसममा नुहाउनु राम्रो हुन्छ। तर गलत तरिकाले नुहाउनु राम्रो होइन। जाडो मौसममा नुहाउन पहिले खुट्टामा पानी खन्याउनुपर्छ । किनभने जाडो मौसममा खुट्टामा पानी हाल्दा शरीरको तापक्रम नियन्त्रण हुन्छ भने अचानक टाउकोमा पानी हाल्दा पनि गम्भीर समस्या निम्त्याउन सक्छ ।
यस्ता रोग लाग्न सक्छन्
स्वास्थ्य विज्ञहरुका अनुसार जाडो मौसममा अचानक टाउकोमा पानी हाल्दा नसाहरु खुम्चिने र रगत जम्ने गर्छ । साथै यो मौसममा गलत तरिकाले नुहाउने हो भने हृदयाघात र पक्षाघातको जोखिम निकै बढ्छ । जाडोमा तातो पानीले नुहाउनु गलत नभएको विज्ञहरु बताउँछन् । यदि हामीले आफ्नो नुहाउने बानीलाई सही राख्यौं भने कुनै समस्या हुँदैन।
यस्तो छ जाडोमा नुहाउने सहि तरिका
जाडो मौसममा तातो पानीले नुहाउने हो भने पानीको तापक्रम सामान्य राख्नुहोस् ।
जाडोमा कहिले पनि टाउको वा कपालमा सिधै पानी नहाल्नुहोस्।
यस मौसममा गल्तीले पनि निद्राबाट सिधै उठेर नुहाउन नजानुहोस् ।
नुहाउँदा सबैभन्दा पहिले दाहिने काँधमा पानी खन्याउनुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया