काठमाडौँ- आजदेखि देशभरका हलमा चलचित्र ‘देववाणी’ प्रर्दशनमा आएको छ । क्रिसमसको अवसर पारेर प्रदर्शन हुन लागेको फिल्म ‘देववाणी’ नेपाली र हिन्दी भाषामा निर्माण गरिएको छ ।
फिल्मको प्रचार प्रसारका लागि बलिउड अभिनेताद्वय ह्यारी जोश र कुन्दन भारद्वाज काठमाडौं आएका छन् ।
ह्यारी जोशले भारतीय फिल्म वान्टेड, वेलकम, धुम २, सिंह इज ब्लिङलगायतमा काम गरिसकेका छन् । अभिनेता ह्यारीले काठमाडौं विमानस्थलमा ओर्लिएलगत्तै आफूलाई नेपाल र नेपाली अत्यधिक मनपर्ने बताएका थिए ।
ह्यारीले बलिउड र तेलुगु हिट फिल्ममा खलनायकको भूमिका निर्वाह गरिसकेका छन् । उनले केही दिन काठमाडौंमा रहेर उक्त फिल्मको प्रचार गर्नेछन् ।
मिडिया भेटघाट गर्नेदेखि हल भिजिट गर्नेसम्म उनको तयारी रहेको निर्देशक बाबु साहेब बलामी बताउँछन् । निर्देशक बलामीका अनुसार बुधबार र बिहीबार जोशले हल भिजिट गर्नेछन् । बुधबार बेलुका सिभिल मलस्थित क्यूएफएक्सको हलमा उनले दर्शकसँगै फिल्म हेर्नेछन् ।
मौसम फिल्म्स प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा सुनिल थापा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी र मौसम पौडेलको समेत अभिनय छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया