मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दक्षिण कोरियाले गर्‍यो ‘जासुसी उपग्रह’ को सफलतापूर्वक प्रक्षेपण

सिओल– दक्षिण कोरियाले शनिबार अमेरिकी अन्तरिक्ष केन्द्रबाट तेस्रो स्वदेशी जासूस उपग्रह प्रक्षेपण गरेको रक्षा मन्त्रालयले जनाएको छ ।

स्पेसएक्स फाल्कन ९ रकेट सामान्य रूपमा राती ८ः३४ मा उड्यो । क्यालिफोर्नियाको भान्डेनबर्ग स्पेस फोर्स बेसबाट राति ९ः२४ बजे (कोरियाली समय) अनुसार उपग्रहलाई कक्षमा प्रक्षेपण गरिएको थियो ।

प्रक्षेपण गरिएको भूउपग्रहले राति ११ः३० बजे विदेशी ग्राउन्ड स्टेशनसँग सञ्चार गर्न सफल भएको र यसले भूउपग्रहको सामान्य सञ्चालनको सङ्केत गरेको जनाएको छ ।

दक्षिण कोरियाले सन् २०२५ सम्ममा पाँचवटा जासुसी उपग्रहहरू प्राप्त गर्ने योजनाको भागको रूपमा प्रक्षेपण गरेको यो तेस्रो सैन्य उपग्रह हो । दक्षिण कोरिया यसअघि अमेरिकाले उपलब्ध गराएको स्याटेलाइट इमेजरीमा ठूलो मात्रामा भर परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?