मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गोपालचन्द्र भट्टराईको कथासङ्ग्रह ‘दृश्य प्रलेख’ सार्वजनिक

काठमाडौँ– प्रहरी वरिष्ठ उपरीषक गोपालचन्द्र भट्टराईको कथासङ्ग्रह ‘दृश्य प्रलेख’ सार्वजनिक भएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा हालै भएको एक कार्यक्रममा लेखक तथा प्रज्ञा अमर न्यौपाने, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, लेखक तथा प्रहरी नायब महानिरीक्षक रविन्द्र केसी लगायतकाले संयुक्त रूपमा कृति सार्वजनिक गरेका हुन् ।

समिक्षकहरु सुमन वर्षा र राजकुमार बानियाँले कृतिको समीक्षा गरेका थिए । वर्षाले कथासङ्ग्रहमा महिला पात्रलाई सशक्त र अधिकार सम्पन्न रूपमा प्रस्तुत गरिएको बताइन् ।

त्यस्तै, समीक्षक बानियाँले कृतिमा कथाका पात्र र प्रस्तुतिहरू नौलो रहेको सुनाए । लेखक न्यौपानेले कथाहरू पढ्दा नयाँपन र रोमाञ्चित लागेको बताए ।

उक्त कथासङ्ग्रह शिखा बुक्सद्वारा प्रकाशन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?