काठमाडौँ- भारतमा अनलाइन भुक्तानीको काम गरिरहेको कम्पनी पेटीएमलाई भारतीय रिजर्व बैंक (आरबीआई) ले विभिन्न कारोबारहरू गर्नमा रोक लगाएको छ ।
फेब्रुअरी २९ तारिखदेखि हुने गरी आरबीआईले पेटीएम पेमेन्ट बैंक लिमिटेड (पीपीबीएल) लाई नयाँ ग्राहकहरू थप्नमा समेत प्रतिबन्ध लगाएको छ ।
आरबीआईले आफ्नो आधिकारिक सामाजिक सञ्जाल ट्वीटर मार्फत पेटीएमलाइ सो प्रतिबन्ध लगाएको जानकारी दिएको हो ।
रिपोर्टका अनुसार, पेटीएम पेमेन्ट बैंकले लगातार विभिन्न नियमहरूको बेवास्ता गरिरहेको भन्दै आरबीआईले यो कडा कदम उठाएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया