मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एसियाको सबैभन्दा धनी गाउँ कहाँ छ ?

काठमाडौँ– सामान्यतया गाउँका मानिसलाई गरिब मानिन्छ । तर मानिस गरीब भए पनि एउटा गाउँ निकै धनी पनि छ । तपाईंलाई थाहा छ ? एसियाको सबैभन्दा धनी गाउँ कहाँ छ ?

एसियाको सबैभन्दा धनी गाउँ भारतमा पर्छ । तर अधिकांश मानिसलाई यसबारेमा थाहा छैन । भारतको गुजरात राज्यको कुच्छ जिल्लाको मडापुर गाउँलाई एसियाकै धनी गाउँ मानिन्छ ।

यो गाउँमा करीब १७ वटा बैंकहरु सञ्चालनमा रहेका छन् । जुन बैंकले ७ हजार ६०० परिवारलाई सेवा दिइरहेको छ । यति मात्रै नभई सो बैंकहरुमा गाउँका मानिसहरुको करोडौँ रकम जम्मा गरेका छन् ।

गाउँलेहरुले बैंकमा करीब सात हजार करोड भारु जम्मा गरेका छन् । जुन उनीहरुको बचत र लगानीको प्रमाण पनि हो ।

खासमा यो गाउँ सानो छ । तर यहाँका अधिकांश मानिसहरु हाल विदेशमा बस्छन् र आफ्नो कमाइको ठूलो हिस्सा गाउँकै बैंकमा नै जम्मा गर्छन् ।

यहाँका स्थानीय बासिन्दाहरु आर्थिक रुपमा आत्मनिर्भर र सुरक्षित हुन जोड दिन्छन् । यसैले गर्दा पनि उनीहरुले धेरै पैसा बचत गरेका छन् ।

यहाँका मानिसहरु अमेरिका, बेलायत, जापान लगायत अफ्रिकी देशहरुमा बसोबास गर्छन् । त्यहाँ उनीहरुले विभिन्न रोजगारी मूलक काम पनि गर्दै आएका छन् । यही नै यो गाउँको समृद्धिको कारण पनि हो ।

उनीहरुले स्थानीय बैंक र हुलाक कार्यालयमा पैसा पठाउँछन् । उनीहरुको यही बानीले गाउँको सम्पत्ति र आर्थिक स्थिति बढाउन सहयोग पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?