काठमाडौँ– विजय बरालको सुपरहिट फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शनको ५१ औँ दिनमा प्रवेश गरेको छ । यो फिल्म देशभरका ३८ हलमा ५१ औँ दिनमा प्रदर्शन भएको हो ।
वितरकका अुनसार यति धेरै हलमा एकसाथ ५१ औँ दिनमा प्रवेश गरेको यो पहिलो हो । बाबु छोराको सम्बन्धको कथा देखाउने फिल्मले नेपालमा उत्साहजनक व्यापार गरिरहेको छ ।
बीचमा निर्माण टिमले हलबाट फिल्म उतार्ने भने पनि पछि वितरकले निरन्तर रुपमा चलाएका थिए । फिल्मले हालसम्म ४५ करोडभन्दा बढी कमाइ गरिसकेको निर्माण टिमको दाबी छ ।
विजय बराल, अञ्जना बराइली, प्रकाश सपूत, माओत्से गुरुङ, मुकुन भुसाल, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको यो फिल्मले नेपालमा कैयन् रेकर्ड कायम गर्न सफल भएको छ ।
यो फिल्म नेपाली फिल्म इतिहासमै सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया