काठमाडौँ– अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज भएको १४ दिन पुगेको छ र केही दिनमै फिल्मले भारतीय फिल्म उद्योगको बक्स अफिसका लगभग सबै रेकर्ड तोडेको छ ।
तमिल, तेलुगु, कन्नड, मलयालम र हिन्दीमा गत डिसेम्बर ५ मा रिलिज भएको पुष्पाः २ ले आफ्नो रिलिजको ११ औं दिनमा केजीएफः २ को ८५९.७ करोडलाई उछिनेर भारतको सबैभन्दा धेरै कमाउने फिल्महरूको सूचीमा दोस्रो स्थानमा पुगेको थियो ।
‘पुष्पा २’ ले रिलिजको एक दिन अघि अर्थात ४ डिसेम्बरमा १०.६५ करोड कमाएको थियो । पुष्पाः २ अहिले दोस्रो सातावाट अघि बढेको छ । जसका कारण चलचित्रको दैनिक कमाई घटेपनि चलचित्रले दैनिक २० करोडभन्दा बढी कमाई गरिरहेको छ ।
‘पुष्पा २’ ले बक्स अफिसका सबै कीर्तिमान तोडेको भएपनि २०१७ मा एसएस राजामौलीको फिल्म बाहुबलीले बनाएको फिल्मको अगाडि पहाडजस्तै रेकर्ड भने कायम छ ।
भारतीय मिडियाका अनुसार प्रभासको फिल्म ‘बाहुबली २’ ले भारतमा १०३०.४२ करोडको लाइफटाइम कलेक्सन गरेको थियो। पुष्पाः २ बक्स अफिसमा जुन गतिमा चलिरहेको छ, त्यो हेर्दा यो कीर्तिमान पनि छिट्टै तोड्ने देखिन्छ ।
समग्र कमइका मामिलामा ‘पुष्पा २’ ‘बाहुबली २’ भन्दा पछाडि भएपनि फिल्मले हिन्दीमा कलेक्शनको हिसाबले प्रभासको फिल्मको कीर्तिमान तोडेको छ । बाहुबलीः २ ले हिन्दीमा ५१०.९९ करोड कमाएको थियो भने पुष्पा २ ले अहिलेसम्म हिन्दीमा ५९१.१ करोड कमाइसकेको छ ।
‘पुष्पा २’ ले शाहरुख खानको हिन्दीमा सबैभन्दा धेरै कमाउने फिल्म जवानको कीर्तिमान पनि तोडेको छ । ‘जवान’ ले ५८२.३१ करोड कमाएको थियो ।
‘पुष्पा २’ सन् २०२१ मा रिलिज हुने फिल्म ‘पुष्पा: द राइज’ को अर्को पार्ट हो । यी दुवै फिल्मलाई सुकुमार र अल्लु अर्जुनले निर्देशन गरेका हुन्, दुवै फिल्ममा रश्मिका मन्डन्ना र फहद फासिल महत्वपूर्ण भूमिकामा छन्।
चलचित्रको कथा चन्दन तस्करी गर्ने र यस क्षेत्रको सबैभन्दा शक्तिशाली माफिया बन्ने पात्रको कथा हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया