मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शुरु भयो ‘समावेशी चित्रकला प्रदर्शनी २०८१’

काठमाडौँ– नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘समावेशी चित्रकला प्रदर्शनी २०८१’ शुरु भएको छ ।

३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका सन्दर्भमा प्रतिष्ठानको आयोजनामा मङ्गलवारबाट शुरु भएको हो । प्रदर्शनीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले गरेका हुन् ।

मन्त्री सुडीले हाम्रा, ज्ञान, परम्परा, शैली, शिल्पलाई नवपुस्तामा हस्तान्तरण गर्नु आजको आवश्यकता भएको बताउँदै यस्ता प्रदर्शनीले कलाको पुस्तान्तरणमा सहयोग गर्ने बताए ।

उनले भने, ‘कला पर्यटनको विकासमा तथा स्वरोजगार, आत्मनिर्भर एवं कलामार्फत अर्थतन्त्रको योगदानमा पनि यस किसिमका प्रदर्शनीले विशेष महत्त्व राख्दछन् । अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका सन्दर्भमा प्रतिष्ठानले आयोजना गरेको यस प्रदर्शनीले विशेष महत्व राखेको छ ।’

प्रदर्शनीले एकातिर फरक क्षमता भएका व्यक्तिहरूको कलासिर्जनाको उजागर तथा अवसरको प्रदान गरेको उनले सुनाए ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले सामाजिक रूपान्तरणका लागि अभियानका रूपमा यो कार्यक्रम आयोजना गरिएको बताए । उनले समाजका सबै विधा तथा क्षेत्रलाई मानवीयताका रूपमा समेट्ने माध्यम नै कला भएको धारणा राखे ।

सदस्य सचिव प्रतिष्ठानका देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले फरक क्षमता भएका कलाकारहरूलाई प्रोत्साहित गर्न यस कार्यक्रम प्रभावकारी भएको बताए ।

समसामयिक चित्रकला विभाग प्रमुख संजय वान्तवा राईले अपाङगता भएका व्यक्तिहरूका सम्बन्धमा बनेका कानुन कार्यान्वयनको पाटो र उनीहरूलाई राज्यको हरेक कुरामा जोड्नुपर्नेमा जोड दिए ।

प्रदर्शनी गतेसम्म ५ गतेसम्म चल्ने छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?