काठमाडौँ– फलफूलको स्वास्थ्यका लाथि धेरै फाइदाजनक रहेको त हामीले सुन्दै पढ्दै आएका छौँ । फलफूलले मानिसलाई पर्याप्त मात्रामा पोषण प्रदान गर्नुका साथै निरोगी बन्न पनि सहयोग गर्छ ।
सुन्तलामा भिटामिन सी, पोटासियम र म्याग्नेसियम हुन्छ । सुन्तलाको प्रयोगले डिहाइड्रेसन तथा छालाको समस्याबाट बच्न सकिन्छ । डायबिटिज र एसिडिटीका बिरामी भने यसको प्रयोग नगर्दा राम्रो ।
यस्तै आँपमा फाइबर, पोटासियम, आइरन, बिटा, केरोटिन, भिटामिन ए र सी पाइन्छ । तर, मधुमेहका बिरामीले भने आँप खान हुँदैन । अंगुर अंगुरबाट भिटामिन सी, आइरन, ग्लुकोज, साइट्रिक एसिड र म्याग्नेसियम पर्याप्त पाइन्छ ।
यसमा रहेको मिनरल्सले डिहाइड्रेसनबाट बचाउँछ । क्यान्सर, डायबिटिज, टिभी र रगतको इन्फेक्सनबाट बच्न अंगुर निकै उपयोगी हुन्छ ।
भुइँकटहर भिटामिन ए, सी र फाइबर, पोटासियम, फस्फोरस तथा क्याल्सियमको आवश्यकता भए भुइँकटहरको प्रयोग गर्दा हुन्छ । यसले शरीरमा पानीको कमी हुन दिँदैन । यसले क्यान्सर, हृदयाघात लगायतका समस्याबाट बचाउँछ ।
स्याउले छालामा चमक ल्याउने काम गर्छ । यसमा कपर र भिटामिन सी हुन्छ, जसले छालालाई नरम बनाउँछ । छालाका लागि आवश्यक पर्ने पोटासियमको मात्रा पनि स्याउबाट पाइन्छ । मेवा मेवामा थुप्रै न्युट्रिसियन पाइन्छ ।
यसले मुटुको सुरक्षा गर्नेदेखि तौल घटाउनेसम्मको काम गर्छ । मेवाले छालालाई समेत फ्रेस बनाउन मद्दत गर्छ । धेरैले मेवाभित्रको कालो बियाँलाई फ्याँक्ने गर्छन् । तर, यसको प्रयोगले टक्सिन्स हटाउँदै छालाका मरेका सेल्स हटाउने काम गर्छ ।
यस्तै अनारमा भएको ओमेगा थ्री एसिडले छालाको सेल्स परिवर्तन गराइरहने भूमिका निर्वाह गर्छ । यसमा पुनिकिक, इलाजिक एसिड र एन्टिअक्सिडेन्ट्स हुन्छन् । अनारले रेड ब्लड सेल्स अर्थात् आरबिसी बढाई स्वस्थ रक्तसञ्चारमा समेत भूमिका खेल्छ । त्यस्तै, यसमा भिटामिन ए, सी, ई र पर्याप्त मात्रामा मिनरल्स् हुन्छ, जसले छालालाई समेत फ्रेस बनाउने काम गर्छ ।
फलफूलमा प्रोटिन र चिल्लोपदार्थ हुँदैन । त्यसैले कम क्यालोरीको भोजनको योजना गर्दा फलफूल समावेश गर्नुपर्छ । भिटामिन सी बाहेक पँहेलो रंगको फलफूलमा बिटा क्यारोटिन भिटामिन ए पनि हुन्छ ।
फलफूलमा प्रशस्त एन्डिअक्सिडेन्ट तत्वहरु भिटामिन ए, सी, ई र खनिज पदार्थ सेलिनियम हुने भएकाले मुटुसम्बन्धी रोगको सम्भावना कम गर्न यी तत्वहरुले मद्दत पुर्याउने कुरा अध्ययनले देखाएको छ । दिनको एउटा स्याउ वा कुनै पनि ताजा फलफूल खाएर डाक्टरबाट टाढा रहन सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया