मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विराटनगरले काठमाडौंलाई दियो ११८ रनको चुनौती

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा विराटनगरले काठमाडौंलाई ११८ रनको चुनौती दिएको छ। एक बल बाँकी हुँदा १९.५ ओभरमा अलआउट भएको विराटनगरले ११७ रन बनाएको हो। विराटनगरका लागि राजेश पुलामीले सर्वाधिक २५ रन बनाए। २१ बल खेलेका उनले एकएक चौका र छक्का हिर्काए। उनी अन्तिम ओभरमा काठमाडौंका कप्तान करण केसीको बलमा आउट भएका हुन्।

अन्तिम विकेटका रुपमा सुवास भण्डारी १० बलमा ६ रन बनाएर रनआउट भए। विराटनगरका लागि नौ बल खेलेका लोकेश बल ८ रन बनाएर आउट भए। उनलाई पहिलो विकेटका रुपमा काठमाडौंका डेन डउथवेटले एलबिडब्लु आउट गरे। दोस्रो विकेटका रुपमा निकोलस किर्टन १० बलमा १२ रन बनाएर रनमा आउट भए भने तेस्रो विकेटका रुपमा दीपक बोहोरा २४ बलमा २० रन बनाएर आउट भए।

चौथो विकेटको रुपमा १४ बलमा १५ रन बनाएका स्कट एडवर्ड्सलाई गेर्हार्ड इरास्मसले आउट गरे। पाँचौ विकेटका रुपमा बसिर अहमदलाई १३ रन बनाउँदा गुमाएको विराटनगरले छैटौं विकेटका रुपमा इस्मत आलमलाई पाँच रन बनाउँदा गुमायो। सातौं विकेटका रुपमा क्रिस सोल एक रन बनाएर आउट हुँद आठौं विकेटका रुपमा सन्दीप लामिछाने शून्यमा आउट भए।

काठमाडौंका लागि गेर्हार्ड इरास्मसले तीन विकेट लिँदा दिपेश कँडेलले दुई विकेट हात पारे। उसका लागि कप्तान करण केसी, डेन डउथवेट र शाहब आलमले एकएक विकेट हात पारे। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान काठमाडौंका कप्तान करण केसीले टस जितेर विराटनगरलाई सुरुमा ब्याटिङको निम्तो दिएका हुन्।

विराटनगर प्लेअफ दौडबाट बाहिरिसकेको छ भने काठमाडौंको लागि आज फराकिलो अन्तरको जित र अन्य खेलको नतिजाले सम्भावना जीवितै छ। शनिबारको खेलमा चितवनले जनकपुरलाई हराएसँगै काठमाडौंको प्लेअफ सम्भावना कठिन बनेको हो। ६ अंकसहित तालिकाको पाँचौ स्थानमा रहेको काठमाडौंका लागि आजको खेल प्लेअफ दौडका लागि विशेष बन्नसक्छ। ६ खेल खेलेको काठमाडौंले तीन जित निकाल्दा समान तीन हार भोगेको छ।

विराटनगर भने अन्तिम खेलमा जितसहित प्रतियोगिताबाट बिदा हुन चाहन्छ। चार अंक जोडेको विराटनगरले ६ खेल खेल्दा दुई जित र चार हार ब्यहोरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?