काठमाडौँ– निर्देशक ऋषि लामिछानेले केदार घिमिरेलाई शीर्ष भूमिकामा लिएर फिल्म ‘माग्ने राजा’ निर्माणको घोषणा गरेका छन् ।
निर्माण टिमका अनुसार फिल्ममा केदार घिमिरे अनुबन्ध भए पनि अन्य कलाकारको भने टुङ्गो लागेको छैन । बुझिए अनुसार फिल्ममा चल्तीका कलाकारलाई नै फिल्ममा अनुबन्ध गरिनेछ ।
सामीप्यराज तिमल्सेनाको लेखन रहेको यो फिल्मलाई मुनाल घिमिरेले निर्माण गर्ने भएका छन् । निर्माण टिमका अनुसार यतिबेला फिल्ममा कलाकार फाइनल गर्ने कार्य भइरहेको छ ।
आरम्भ प्रोडक्सनको ब्यानरमा बन्ने यो फिल्म कमेडी विधामा बन्ने जनाइएको छ । केदार घिमिरेको लिड रोल भएको सम्भवतः यो पहिलो फिल्म हो । केदार घिमिरेले सामाजिक सञ्जालमा पोस्टर शेयर गर्दै लेखेका छन्, ‘नमस्कार फागुन १ गतेबाट अर्को एउटा नयाँ काम शुरु हुँदैछ । हजुरहरुको आर्शिवाद रहिरहोस् है ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया