मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एउटा यस्तो फिल्म, जुन १६ बर्षमा बन्याे, रिलिजपछि चर्चा कमायो

काठमाडौँ– कतिपय फिल्म निर्माण हुन दशकौँ लाग्ने गर्छन् । हलिउडमा यो खासै नौलो नभए पनि नेपाल र भारतमा भने लामो समय खर्चिएर खासै फिल्म निर्माण भएको पाइँदैन । तर, दक्षिण भारतीय एउटा यस्तो फिल्म पनि छ । जसको निर्माण सम्पन्न हुन करीब १६ वर्ष लाग्यो ।

रिलिजपछि व्यापक तहल्का मच्चाएको उक्त फिल्म हो, द गोट लाइफ । यो फिल्मले नेपाली दर्शकमाझ पनि गहिरो छाप छोड्न सफल भएको थियो । नेपालीमा समेत अनुवाद गरिएको बेन्यामिनको उपन्यास आदुजीवितम (नेपालीमा खबुज उपन्यास) मा आधारित यो फिल्ममा पृथ्वीराज सुकुमारन शीर्ष भूमिकामा छन् ।

यो मलयालम फिल्म हो। यो फिल्म तमिल, तेलुगु, कन्नड, हिन्दी र मलयालम भाषाहरूमा रिलीज भएको थियो। उक्त फिल्म मार्च २८, २०२४ मा ठूलो पर्दामा रिलिज भएको थियो।

फिल्म रिलिजसँगै सोह्र वर्षको प्रतिक्षाको पनि अन्त्य भयो । किनभने, फिल्मको तयारी करिब १६ वर्षअघि नै शुरु भएको थियो । यो फिल्म एक आप्रवासी मजदुरको जीवनको सत्य कथा हो । जो बाख्रा फार्ममा काम गर्न गएका थिए र त्यहाँ दास बनेर बसेका थिए ।

आदुजीवितमका लागि पृथ्वीराज सुकुमारनलाई विभिन्न फिजिकमा देखिनु परेको थियो । त्यसैले कहिले तौल बढाउनु पर्‍यो त कहिले घटाउनु पर्‍यो । फिल्मका लागि पृथ्वीराज सुकुमारनले ३१ केजी तौल घटाए । भनिन्छ, तौल घटाउनका लागि उनी तीन दिनसम्म भोकै र तिर्खाएका थिए ।

आदुजीवितमको बजेट करीब ८२ करोड भारु रहेको छ भने पृथ्वीराज सुकुमारनको फिल्मले बक्स अफिसमा १६० करोड कमाएको छ । आदुजीवितमलाई ब्लेसीले निर्देशन गरेका हुन् । फिल्मको कथा सन् २००८ मा बेन्जामिनद्वारा लिखित सबैभन्दा धेरै विक्री हुने उपन्यास आदुजीवितममा आधारित छ। यो फिल्म ओटिटी प्लेटफर्म नेटफ्लिक्समा हेर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?