मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सबैभन्दा छिटो एक हजार करोड क्लबमा प्रवेश गर्दै ‘पुष्पा २’

काठमाडौँ– अल्लु अर्जुनको फिल्म ‘पुष्पाः द राइज’ को सिक्वेल ‘पुष्पा २ः द रुल’ ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । ‘पुष्पा २ः द रुल’ लाई लिएर भारतमा मात्रै नभई विश्वभरका फ्यानमा क्रेज देखिएको छ ।

यही कारणले गर्दा अल्लु अर्जुन र रश्मिका मन्डन्नाको यो फिल्मले पाँच दिनमा ९०० करोडभन्दा बढी कमाइ गरिसकेको छ । अब ‘पुष्पा २ः द रुल’ ले आफ्नो छैटौं दिनमा अर्को नयाँ र ठूलो सफलता हासिल गरेको छ । जुन अहिलेसम्म कुनै पनि भारतीय चलचित्रले पाउन सकेको थिएन ।

मिडिया रिपोर्टका अनुसार ‘पुष्पा २ः द रुल’ ले छैटौं दिनमा १ हजार करोड रुपैयाँबाट मात्र टाढा छ । अल्लु अर्जुनको फिल्मले छैटौं दिन करिब ५५ करोड कमाएको छ । तर, यो फिल्मको अनुमानित तथ्यांक मात्रै हो । जसमा परिवर्तनको सम्भावना छ । अहिलेसम्म हेर्ने हो भने ‘पुष्पा २ः द रुल’ ले अहिलेसम्म ९७७ करोड कमाइसकेको छ ।

‘पुष्पा २ः द रुल’ ले रिलिजको पहिलो दिनदेखि नै तरङ्ग बनाउन थाल्यो र दोस्रो दिन देखि नै चलचित्रले बक्स अफिसमा हरेक दिन नयाँ कीर्तिमान बनाउन सुरू गरयो । भारतमा ‘पुष्पा २ः द रुल’ ले पहिलो दिन ७० देखि ८० करोड रुपैयाँ कलेक्सन गरेको थियो भने दोस्रो दिनदेखि लगातार बढ्दै गएको थियो ।

फिल्मको हिन्दी, तेलुगु, तमिल, कन्नड र मलायालम संस्करण सबैमा राम्रो प्रदर्शन गरिरहेका छन्। फिल्मले हिन्दी क्षेत्रमा पनि राम्रो कमाई गरिरहेको छ, जसले फिल्मप्रति दर्शकको क्रेज देखाउँछ ।

चलचित्रले दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएसँगै बक्स अफिसमा यसको प्रदर्शन उत्कृष्ट रहेको छ । विशेषगरी आगामी सप्ताहन्तमा यो फिल्मको कलेक्सन अझै बढ्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?