काठमाडौँ – नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर अलिजेहको टिकटक एकाउन्ट ब्यान्ड भएको छ । पारिवारिक विवादका कारण ‘मास रिपोर्ट’ भएपछि यी दुवैजनाको करोडौं लाइक भएका एकाउन्टलाई टिकटकले प्रतिबन्ध गरिदिएको हो ।
पारिवारिक विवाद सामाजिक सञ्जलामा पोखिएपछि तनावमा रहेका भाइरल जोडी आयुषसिंह ठकुरी र एलिजे जमालीको एकाउन्टलाई टिकटकले ब्यान्ड गरिदिएको छ ।
यी दुईजनाले आयुषकी आमा आमा नानुसिंह ठकुरीबारे दिएका अभिव्यक्तिका कारण चर्को आलोचना भइरहेको थियो । त्यही आलोचनाबीच उनीहरूका दुवै एकाउन्ट ‘मास रिपोर्ट’हुँदा टिकटकबाट हराएका हुन् ।
प्रतिबन्धमा परेकामध्ये एलिजेको एकाउन्टलाई २२ लाखले फलो गरेका थिए । जुन एकाउन्टमा करोडौंले लाइक गरेका थिए ।
विवाद र आलोचनाबीच ट्रोल भइरहेका यी जोडीका एकाउन्ट सोमबारदेखि टिकटकबाट गायब भएका हुन् । अछामका आयुष र पाकिस्तानकी एलिजेबीच टिकटक लाइभबाट माया बसेको थियो । यी दुईले बिहे गर्ने निर्णयसहित इन्गेजमेन्ट गरेर सँगै बस्दै आएका छन् ।
आयुषकी आमासँगको विवादका क्रममा एलिजेले केही दिन अघि टिकटकमै आफूहरूका कारण नेपाली टिकटकरहरूले गरिखाएको भन्ने विवादित अभिव्यक्ति दिएकी थिइन् ।
आयुषकी आमाले छोरासँगको विवादलाई टिकटकबाटै सार्वजनिक गरेकी थिइन्। अर्को बिहे गरेकी भए पनि आमालाई अपमान गरेको आरोप आयुषलाई लागेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया