काठमाडौँ- कतिपय मानिसहरुमा खाना खाएपछि पनि मध्यरातमा अन्य खानेकुराहरु खाने लत हुन्छ । यसकारण कतिपय व्यक्तिहरु खाना खाएर सुतेपछि पनि ब्युझिएर अन्य खानेकुरा खाएर निदाउने गर्छन् । के मध्यरातमा उठेर खानेकुरा खानु स्वास्थ्यका दृष्टिकोणले सहि छ त ? आज हामी यहि विषयमा तपाईहरुलाई जानकारी गराउँछौ ।
शरीर स्वस्थ बनाउन समयमा भोजन गर्नु जरुरी हुन्छ । तर, अहिलेको व्यस्त जीवनशैलीले गर्दा धेरै मानिसले समयमा खाना खान पाउँदैनन् । यस्तोमा उनीहरुले आधा रातमा भोजन गर्छन् । तपाईं पनि रातमा उठेर भोजन गर्नुहुन्छ वा रातको समयमा नै भोजन गर्ने समय मिल्छ भने यो नराम्रो बानी हो । यसो गर्नाले व्यक्तिलाई शरीरसँग जोडिएका कैयौं समस्या हुन सक्छन् । आधा रातमा क्यालोरी वा काब्र्स भएका चीज सेवन गर्नाले व्यक्तिलाई छाती पोल्ने समस्या हुन सक्छ । साथमा पेटमा गर्मी पनि हुन सक्छ ।
आधा रातसम्म नसुतेर खाना खाने बानीले मानिसको निद्रा बिग्रिन्छ । जसले गर्दा बिहान उठ्दा पनि तनाव महसुस हुन्छ । अर्को भनेको मधुमेहका बिरामीले समयमा भोजन गर्नु एकदमै जरुरी हुन्छ । यदि तपाईं आधा रातमा खाना खानुहुन्छ भने यसले रगतमा सुगरको मात्रा बढ्न सक्छ ।
यस्तै आधा रातमा भोजन गर्दा हर्मोनल असन्तुलनको कारण बन्न थाल्छ । जसले गर्दा मेटाबोलिज्म पनि ढिला हुन्छ । यसले मोटोपनको समस्या आउन थाल्छ । समयमा खाना नखाँदा व्यक्तिलाई ग्यास, एसिडिटी तथा अपच जस्ता समस्या हुन सक्छ । यस्तोमा समयमा खाना खाएर सुत्नु नै फाइदाजनक सावित हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया