मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गर्भावस्थामा यी पहिरन भुलेर पनि नलगाउनुहोस्

काठमाडौँ– गर्भावस्थाको समयमा लगाउने पहिरनहरुले शारीरिक रुपमा विशेष भूमिका खेल्छ । यस्तो बेलामा विशेषतः आरामदायी पहिरन नै लगाउँदा शरीरलाई आराम मिल्छ ।

यसले मानसिक रुपमा समेत भूमिका खेल्छ । गर्भावस्थामा लगाउने पहिरनमा विशेष ध्यान दिन जरुरी छ । कपडाकै कारण तपाईंलाई शारीरिक तथा मानसिक रुपमा प्रभाव पार्छ । त्यसकारण गर्भावस्थामा लगाइने पहिरनबारे हामी चर्चा गर्नेछौं ।

टाइट कपडा

गर्भावस्थाको समयमा टाइट कपडा लगाउनु स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । यसले पेटमा दबाब समेत पर्न सक्छ । यसकारण रक्तप्रवाहमा समेत असर पर्न सक्छ र छालामा समेत पोल्छ । यस्तो अवस्थामा लुज, खुल्ला र स्ट्रेचेबल पहिरनले आरामदायी समेत बनाउँछ ।

गलत इनवेयरको चयन

गर्भावस्थाको समयमा शारीरिक अवस्थामा फेरदबल भइरहन्छन् । तर कतिपय महिलाहरु भने पुराना र फोहोर इनवेयरहरु नै लगाइरहेका हुन्छन् । सकेसम्म हल्का र लुज खालका इनवेयरहरु नै चयन गर्दा राम्रो हुन्छ ।

गर्भावस्ताको समयमा पहिनहरुमा खरिद गर्दा यी कुराहरुमा ध्यान दिनुहोस्-

–गर्भावस्थाको समयमा पेट, हिप, कम्मरलगायतको अङ्गहरु बढ्ने भएकोले लुज, ठूला र स्ट्रेचेबल कपडाहरु नै छान्नुपर्छ ।

–चिसो मौसममा हो भने अझ तत्कने खालका बाक्ला र नरम खालका कपडा खरिद किन्नुपर्छ ।

– गर्भावस्थामा स्ट्रेचेबल ट्राउजर र सुरुवालहरुको प्रयोग गर्नुपर्छ ।

–कपडाहरु खरिद गर्दा सकेसम्म छोटाभन्दा लामो र ठूला आकारका नै लिनुपर्छ ।

तपाईंले लगाउने कपडाले तपाईंलाई आराम मात्र होइन आत्मविश्वास समेत बढाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?