काठमाडौँ– यतिबेला अभिनेत्री स्वेता खड्का सिने क्षेत्रबाट टाढै छिन् । उनी फिल्मतिर भन्दा पनि आफ्नै बिजनेस र छोरीलाई समय दिइरहेकी छिन् ।
श्रीमान् विजयन्द्रसिंह र छोरी ब्रिआनासँग समय बिताइरहेको तस्वीरहरु भने उनी सामाजिक सञ्जालमा सेयर गरिरहन्छिन् । राजनीतिक रुपमा समेत पछिल्लो समय उनको निकटता देखिन्छ ।
नेपाली कांग्रेसमा प्रवेश गरेकी उनी केही समय अघि नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न श्रीमान् र छोरीसहित बालकोट पुगेकी थिइन् । जतिबेला उनी एमालेमा प्रवेश गर्न लागेकी हुन् कि भनेर उनका फ्यानहरुले अनुमान लगाएका थिए ।