मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इतिहासकार पुरुषोत्तम शमशेर जबराको निधन

काठमाडौँ– इतिहासकार पुरुषोत्तम शमशेर जबराको निधन भएको छ ।

पारिवारिक स्रोतका अनुसार ९९ वर्षको उमेरमा उनको आज काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनकाे उपचारमा संलग्न डाक्टरले दिउँसो १२ बजेर १३ मिनेटमा उनलाई मृत घोषणा गरेका थिए ।

चारबुर्जा दरबार (हाल निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवन) मा १९८२ साल चैत १५ गते जन्मेका उनले ‘राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू,’ ‘श्री ३ हरुका वृतान्त,’ ‘जंगबहादुर राणा’, ‘मेरा जीवनका स्मृतिहरु’लगायतका पुस्तकहरु लेखेका छन् ।

उनी रुद्र शमशेरका नाति र ईश्वर शमशेरका छोरा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?