काठमाडौँ– भारतीय अभिनेता अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनको डिभोर्स (सम्बन्धविच्छेद) भएको चर्चाले बलिउड बेलाबेलामा तातिरहन्छ । सार्वजनिक हुने कार्यक्रममा यी दुई एकसाथ नदेखिएको धेरै भए पनि उनीहरूले आफ्ना फ्यानलाई यसबारेमा कुनै जानकारी दिएका छैनन् ।
अभिषेक बच्चनसँग सम्बन्धविच्छेदको हल्ला चलिरहँदा ऐश्वर्या राय बच्चनले नामबाट ‘बच्चन’ हटाएकी हुन् र भन्ने चर्चा केही दिनदेखि सामाजिक सञ्जालमा चलेको छ ।
बलिउड स्टार अभिनेत्री ऐश्वर्या हालै दुबईमा भएको ग्लोबल वुमेन्स फोरमको कार्यक्रममा सहभागी भएकी थिइन् । जहाँ उनले महिला सशक्तिकरणको बारेमा निकै भावुक भएर सम्बोधन गरेकी थिइन् ।
कार्यक्रम आयोजक टोलीले सहभागी वक्ताहरुको भिडियो शेयर गर्ने क्रममा ऐश्वर्या स्टेजमा पाइला राख्दा ब्याकग्राउन्डमा ठूलो पर्दामा उनको नाम देखिएको थियो । जहाँ ‘ऐश्वर्या राय’ मात्र देखाइएको थियो ।
यसबाट अभिषेकसँग उनको सम्बन्धविच्छेदकै कारण उनले ‘बच्चन’ थर आफ्नो नामको पछाडिबाट हटाइएको हो कि भनेर सामाजिक सञ्जालमा बहस चलेको छ । यसमा कतिपयले ऐश्वर्याले आफ्नो नामको पछाडि ‘राय’ मात्र लेख्नु उनको स्वतन्त्रता र छनोट रहेको बताएका छन् ।
कतिपयले भने वुमेन्स फोरममा उभिएकै कारण पतिको थर नलेखेको हो कि भन्ने अनुमान समेत गरेका छन् । यद्यपि ऐश्वर्याले सामाजिक सञ्जाल इन्स्टाग्राममा भने उनले बच्चन पनि राखेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया